१३ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नारायणहिटी संग्रहालयमा राजाहरुले प्रयोग गर्ने बग्गी सार्वजनिक

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

(ABC-Sanchar)
काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।
तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे ।

यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो । कार्यक्रममा दिइएको जानकारीअनुसार यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति कार्यालय,शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक […]

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ। स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ, त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ। […]

error: Content is protected !!