२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

(महेन्द्र सिंह)
बाँके । लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–४ का २६ वर्षीय मोहन लाल काहार र वडा नम्बर ७ बस्ने २३ वर्षीय आबेस जोलाहलाई ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलि र लागू औषध ब्यूरोको संयुक्त टोलीले नेपालगञ्जको सल्यानी बंगालाबाट दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चेकजाँच गर्ने क्रममा काहारको साथबाट ९ सय ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र नगद १९ हजार, नेपाली ६ हजार ६ सय भारु रुपैया र सोही कारोबारमा संलग्न जोलाहको साथबाट २ हजर ५ सय बरामद भएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गर्ने तयारी भइरहेकोबाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्यौपानेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]