२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सडक बिभाग दाङले बाटो मर्मत नगरेपछि देउखुरीका स्थानीयहरु जुटे सडक मर्मतमा

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८


(ABC-Sanchar)
दाङ । सिसहनियाँ देउखुरी लमही भालुवाङ सडक खण्ड बिग्रिएर ठुला ठुला खाडल पर्दा समेत सडक बिभाग दाङले सडक मर्मतमा ध्यान नदिएपछि स्थानीय स्तरबाट सडक मर्मत गर्न थालिएको छ ।

लुम्बिनी प्रदेशको राजधानीको प्रमुख व्यपारीक केन्द्र दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजार क्षेत्रमै ठुलाठुला खाडल परेर भैसी बस्ने अहाल बन्दा समेत सरकारले ध्यान नदिदाँ त्यस क्षेत्रमा दिनहुँ जसो दुर्घटना बढी रहेको छ ।

राजधानी क्षेत्रको सडकको यो दुरदसाले सवारी चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको छ । भालुवाङ देखि पहरुवा सम्म ठुला ठुला खाडल भएर पानी पोखरी बन्दा सम्म सरकारले त्यस तर्फ ध्यान नदिदा अहिले दिनहु जसो दुर्घटना हुने गरेकोे छ ।

विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाग सहितको टोलीले स्थलगत अनुगमन गरेर केहि ठाउँमा माटोले खाल्डो पुरेर झारा टार्न खोजे पछि सिसहनियाँ उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय व्यपारी, अटो व्यवसायी, प्रहरी लगायत स्थानीयहरुको आर्थिक तथा भौतिक सहयोगमा सडकमा परेका खाल्डा खुल्डी मर्मतमा जुटेको सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिनु भएको छ । उ

नीहरुले बजार क्षेत्रमा भएका खाल्डा खुल्डीहरुमा ढलान गर्ने काम गरेका छन् । यस अघि पनि २ पटक खाडलमा ढलान गरी सडक मर्मत गरिसकेका छन् ।
उक्त सडकमा हजारौ साना ठुला गाडीहरु आहोर दोहोर गर्ने गर्दछन् । तर सडक डिभिजन कार्यालय दाङले कालोपत्रेका नाममा कमसल काम गर्ने गरेका कारण कालोपत्रे भएको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेको सिसहनियाँ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पुर्णबहादुर बुढाथोकीको भनाई रहेको छ ।

सडक मर्मत कार्यमा संघका अध्यक्ष शान्तराज भण्डारी, उपाध्यक्ष युबराज सेन, निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, सचिव मदन पोख्रेल ,सदस्यहरु रमेश गौतम, हिमबहादुर रोकाय, भरत पाण्डे, कार्यलय प्रमुख युबराज सुवेदी, थानेश्वर यातायात प्रालिका अध्यक्ष घनश्याम परियार, रेडक्रसका सदस्य गोबिन्द कुंवर, समाजसेवी पुर्ण केसी, तुल्सीप्रसाद गौतम, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, प्रहरी चौकी सिसहनियाँका प्रमुख बत्तीकुमार पोख्रेल, व्यापारीहरु लालबहादुर चौधरी, कृष्णबहादुर विष्ट, निमु रावत र ट्रयाक्टर व्यावसायी अनन्तराम चौधरी लगायतको सहभागिता रहेको थियो ।

यता यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझदा कार्यालय प्रमुख निरज शाक्यले वर्षाका कारण काम गर्न नसकिएको बताउनु भयो । वर्षा रोकिना साथ सडक कालोपत्रे गर्ने उनले आश्वासन दिएका छन् । सडकमा पानी पोखरी बनेको महिनौ दिन भई सक्यो अव पनि सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे नगर्ने हो भने कुनै न कुनै दिन ठुलो दुर्घटना भई त्यसले ठुलो क्षती निम्त्याउने निश्चत छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।