२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ड्युटीमा रहेको प्रहरीमाथि मापसे गरेर कुटपिट गर्नेलाई गृहमन्त्रीको संरक्षण उल्टै प्रहरीलाई स्ष्टीकरण

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८


(नारायण अधिकारी)
काठमाडौं । भदौ ११ गते राति न्यूरोडस्थित पिपुल्स प्लाजा अगाडि ड्युटीमा रहेका प्रहरीमाथि युवाको समूहले आक्रमण गर्‍यो। प्रहरीका अनुसार मदिरा सेवन गरेर राति बाटोमा हल्ला गर्दै हिँडेको समूहलाई हल्ला नगर्न भन्दा उनीहरु उल्टै प्रहरीमाथि नै जाइलागेका थिए।
प्रहरीमाथि कुटपिट भएको भिडियो नै सार्वनिक भयो। सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र बसेका प्रहरीलाई नै एक हुल युवाले मुखमा मुक्का हानेको दृश्य भिडियोमा देखिन्छ। ८/९ जनाको समूहमा रहेका युवाले ड्युटीमा रहेका प्रहरीको मास्क खोलेर मुक्काले प्रहार गरे।

सार्वजनिक भएको ४ मिनेट २७ सेकेन्ड लामो उक्त भिडियोमा फिल्डमा खटिएका कमाण्डर भने युवा जमातलाई रोक्ने प्रयास गर्छन्। यति गर्दा समेत उनीहरुले प्रहरीलाई टेर्दैनन्। ठेलमठेल गर्दै गाडीभित्र बसेका प्रहरीलाई मुक्का हान्छन्।
‘ठूला कुरा गर्ने ? फोटो खिच्ने ?’ भन्दै प्रहरीलाई उनीहरुले कपाल तान्नेदेखि मुखमा लगाएको मास्क खोलेर मुक्का हानेको दृश्य भिडियोमा देखिन्छ। कुटपिट गरिसकेपछि केही पर गएका उनीहरु फेरि फर्केर आएर प्रहरीमाथि कुटपिट गर्छन्।
यति हुँदासम्म फिल्ड कमाण्डर भने ती युवाको जमातलाई सम्झाउन मात्रै खोज्छन्। युवाको जमातले ड्युटीमा रहेको प्रहरीलाई मुक्का हान्दा समेत प्रहरी निरिह भएको भिडियोमा देखिन्छ।
सिपाही भएर बढ्ता हुने ? भन्दै उनीहरुले प्रहरीलाई फर्की–फर्की कुटपिट गरेको देखिन्छ। त्यसको केही समयमा प्रहरीको थप टोली पनि घटनास्थल आइपुग्छ। उनीहरु पनि ती युवाको जमात अघि निरिह भएको भिडियोमा देखिन्छ।
प्रहरीलाई धम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले घटनालाई गम्भीर रुपमा लिएको बताउँदै प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। ‘कुटपिट गर्ने जो कोही भए पनि कारबाहीको दायरामा आउँछन्,’ सिंहले भनेका थिए।
अनुसन्धानका क्रममा प्रहरीलाई यसरी कुटपिट गर्ने व्यक्तिहरुमा कमल शाही, प्रवीण गिरिलगायतको समूह रहेको खुल्यो। एसएसपी सिंहले भनेजस्तै कारबाहीका लागि भन्दै उनीहरुसहित चार जनाका नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसूरमा पक्राउ पूर्जि समेत जारी भएको थियो। तर, पक्राउ पूर्जि जारी भएको २ साता बित्न लाग्दा समेत प्रहरीमाथि कुटपिट गर्नेहरु पक्राउ पर्न सकेका छैनन्।

‘कुटपिट गर्ने समूह पहिचान भएर पनि पक्राउ पूर्जी जारी भइसकेको छ,’ प्रहरी स्रोत भन्छ, ‘तर कारबाही गर्न होइन कि नगर्नका लागि दबाब आएपछि उनीहरु अहिलेसम्म पक्राउ परेका छैनन्।’
घटनाका आरोपीहरु सबै नेपाली कांग्रेसका कार्यकर्ता हुन्। कांग्रेस कार्यकर्ता भएकै कारण उनीहरु अहिलेसम्म पक्राउ पर्नबाट जोगिँदै आएका छन्। उनीहरुलाई गृहमन्त्री बालकृष्ण खाणकै संरक्षण रहेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरी अधिकारीहरु अनौपचारिक रुपमा स्वीकार गर्छन्।
ड्युटिमा रहेका प्रहरी कर्मचारीमाथि कुटपिट गर्नेलाई गृहमन्त्रीले नै ‘संरक्षण’ गरेर कारबाही गर्नबाट जोगाउँदा प्रहरी कर्मचारीको मनोबल गर्ने र यस्ता प्रवृतिले समग्र शान्ति सुरक्षामा नै असर गर्ने नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीको भनाइ छ।
पूर्वडीआईजी जोशी भन्छन्, ‘प्रहरी आफैंले कुनै गल्ती गर्नु हुँदैन। आफू सही हुँदाहुँदै कसैले अति गर्छ भने त्यस्तालाई नियम सिकाउनु पर्छ।’

‘कुटाइखाने’लाई कारबाही, कुट्नेलाई उन्मुक्ति
महानगरीय प्रहरी बृत्त जनसेवाको प्रहरी टोलीमाथि युवाको समूहले कुटपिट गरेको थियो। आफू मातहतका प्रहरी कर्मचारी कुटिँदा ‘आवश्यक कदम नचालेको’ भन्दै बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीबहादुर मल्ललाई तालुक कार्यालयले स्ष्टीकरण समेत सोधेको छ।
ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा रहेका प्रहरीले कुटाई खाँदा पनि निरिह देखिएको, प्रहरीले कुटाइएको खाएको विषयमा तालुक कार्यालयलाई रिपोर्टिङ नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले डीएसपी मल्लसँग स्पष्टीकरण सोधेको हो।
घटनाका विषयमा बृत्तका प्रमुखमाथि ‘कारबाही’ प्रक्रिया अगाडि बढाइँदा पनि कुटपिटमा संलग्नहरुको भने ‘खोजी’मा समेत आवश्यक पहल समेत नगरिएको बृत्तका प्रहरी कर्मचारीको गुनासो छ।
‘कुटाइखाने प्रहरीका कार्यालय प्रमुखमाथि कारबाही हुँदा कुट्नेलाई प्रक्राउ गर्नुपर्ने होइन?’ प्रहरी बृत्त जनसेवाका एक प्रहरी कर्मचारी भन्छन्, ‘गृहमन्त्री ज्यूकै दबाबमा अहिले प्रहरीमाथि कुटपिट गर्नेलाई बचाउन खोजिएको भन्ने कुरा हामीले पनि सुनेका छौं। ड्युटिमा खटिएका प्रहरी कुट्ने मान्छेलाई गृहमन्त्रीले जोगाउने हो भने शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रहरी कर्मचारी कुन मनोबलका साथ काम गर्लान् र ?’?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]