२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौँका नवनियुक्त सिडिओ गोबिन्द रिजालले गरे पदबहाली

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८


(ABC-Sanchar)
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले पदबहाली गरेका छन् ।

मंगलबार पत्र बुझेका रिजालले बुधवार दिउँसो जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा पदबहाली गरेका हुन् । ७ वटा जिल्लाको प्रजिअ भई सकेका रिजालले ४६ औँ प्रजिअका रुपमा काठमाडौँको प्रशासनिक कमाण्ड सम्हालेका हुन् । अधिकृत, उपसचिव तथा सहसचिवसम्मै गृह प्रशासनमा काम गरेको अनुभव रिजालसँग छ ।

सम्बन्धित समाचार : काठमाडौँको सिडीओमा गोबिन्द रिजाल

लामो समय गृह प्रशासनमा रही काम गरेको अनुभवबाट पनि सेवाग्राहीको भिडभाड रहने काठमाडौँ जिल्ला प्रशासनबाट दिइने सेवा प्रवाहमा थप चुस्तता ल्याउने प्रजिअ रिजालले बताए । नयाँ प्रजिअको स्वागतका लागि उपस्थित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले प्रशासनमा देखिएको कर्मचारी अभावलाई मन्त्रालयको समन्वयमा परिपूर्ति गरिने र हाल भईरहेकै जनशक्तिबाट पनि कसरी बढी भन्दा बढी सेवा दिन सकिन्छ भन्ने विषयमा थप छलफल र समन्वयमा काम गर्ने बताए ।

काठमाडौँ जिल्ला प्रशासनले दिने सेवा प्रवाहमा चुस्तता ल्याउन र सोको महसुसिकरण आम सेवाग्राहीलाई गराउन सबै कर्मचारीको साथ र सहयोगको अपेक्षा गरेको प्रजिअ रिजालले बताए ।

सोही समारोहमा बिदाई गरिएका तत्कालिन प्रजिअ काली प्रसाद पराजुलीले काठमाडौँ जिल्ला प्रशासनले ७७ वटै जिल्लाका नागरिकहरुलाई पनि सेवा दिनु पर्ने भएकोले अन्य जिल्लाभन्दा फरक अनुभव गरेको र गृहको लामो अनुभवी नवनियुक्त प्रजिअ रिजालले सो भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्ने भन्दै कार्यकालको शुभकामना दिए ।

प्रजिअ रिजालको जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीहरुले फूलमालासहित स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।