
ABC (क्राईमबिट)
बर्दिया । गुलरिया नगरपालिका–८ आशापुर स्थितबाट काठ बरामद गरेको हो । बेवारिसे अवस्थामा थुपारी राखेको साल जातको काठ ४५.५२ क्युफिट मुल्य रु १ लाख ८२ हजार ६१ बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रहरी चौकी सुरजपुरबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरी कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाएको बर्दिया जिल्ला एसपी ईश्वर कार्कीले जानकारी दिए ।