२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेकपा कम्युनिस्ट पाटी दाङले राष्ट्रघाती एमसीसी सम्झौता-पत्र जलायो

Logo
प्रकाशित शनिबार, भाद्र २६, २०७८

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप शनिबार घोराहीको तुलसीपुर चोकमा कोणसभा गरेर राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएको हो ।

कोणसभाका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले यो राष्ट्रघाती एमसीसी सम्झौताको निरन्तर संघर्षका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए ।

यो कथित राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाउने कार्यक्रम आज देशभर भइरहेको बताए । अमेरिकाका एजेन्टहरुले जसरी भएपनि एमसीसी पास गर्नुपर्छ भनेर भैलो खेलिरहेको र विशेष गरेर नेपालका प्रधानमन्त्री शेरबहादुर देउबाले नेपालका राष्ट्रबादी, क्रान्तिकारी शक्तिहरु र जनतालाई जेल हालेर भएपनि यो राष्ट्रघाती एमसीसी पास गराउने भनेको हुँदा यसको विरुद्ध हाम्रो पार्टी, संगठन र जनताहरुले सशक्त बिरोध गरिरहेको समेत उनले बताए । नेपालमाथिको वैदेशिक हस्तक्षेप पटक-पटक भएको बिषयमा चुइक्कपनि बोल्न नसक्ने नेपालका दलहरुले फेरिपनि एमसीसी पास गर्नुपर्छ भनेर लागिपरेका हुँदा नेपाल राष्ट्र र नेपाली जनताहरुमाथि साम्राज्यवाद र बिस्तारबादले हस्तक्षेप गर्न खोज्छ भने त्यसको विरुद्धमा सबै जनताहरु कडा संघर्षमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
कोणसभालाई सम्बोधन गर्दै पाटले एमसीसी नेपालका लागि राष्ट्रघाती भएको र यो सम्झौता पास भएमा एमसीसीमा हस्ताक्षर गर्ने नेताहरूलाई गाउँ-गाउँबाट दमाह बजार लखेट्नुपर्ने बताए ।
यो परियोजना अमेरिकी सैन्य रणनीतिमा भएको हुँदा कुनै पनि बुदा संसोधित गरेर पास गर्न नपाइने र एमसीसी तथा सम्पुर्ण राष्ट्रघाती सम्झौताको विरुद्ध सबै जना एक भएर लड्नुपर्ने उनले बताए ।

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्लाका कार्यालय सदस्य तथा घोराही नगरका इन्चार्ज तिलकले यो राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाउने केन्द्रीय कार्यक्रम अनुसार आज देशभरका जिल्लाका सबै पालिकाहरुमा भइरहेको बताए । नेपाल सरकार र अमेरिकाबीच भएको राष्ट्रघाती एमसीसी सम्झौताले नेपाललाई रणभुमी बनाउने उनले बताए । दलाल संसदीय ब्यबस्थाको शक्तिको आडमा नेपालको हित बिपरित हुने थुप्रै खाले सन्धि सम्झौताहरु भएको र साम्राज्यवादको गुलामी बनेर आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि फेरि पनि राष्ट्रघाती एमसीसीलाई पास गर्ने पक्षमा नेपाका दलहरु अगाडि बढीरहेको हुँदा यसका बिरुद्धमा सबै एक भएर लाग्नुपर्ने समेत उनको भनाइ छ ।


कोणसभाको सहजीकरण नेकपा दाङ जिल्ला सदस्य अनिलले गरेका थिए ।

यस्तै तुलसीपुरमा भएको एमसिसी सम्झौता पत्र जलाउने कार्यक्रमलाइ सम्बोधन नेकपा दाङ जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष पोसन,अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नारायण भण्डारी, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए भने सहजीकरण जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्तले गरेका थिए।

यस्तै नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाले पनि एक कार्यक्रमका बिच एमसिसी सम्झौता पत्र जलाएको छ।उक्त कार्यक्रमलाइ नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा सोही पालिका इन्चार्ज निर्मलले गरेका हुन भने कार्यक्रमको सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य राजकुमारले गरेका थिए। यता लमहीमा पनि नेकपाले एमसिसी सम्झौता पत्र जलाएको जनाएको छ।लमहीको मुख्य बजारलाई र्याली सहित परिक्रमा गर्दै लमही बसपार्क पुगेर सयौ जनताको उपस्थितिमा एमसिसी साझौता जलाएको नेकपा लमहिले जनाएको छ। लमहिमा भएको कार्यक्रमलाइ नेकपा लमही नगर इन्चार्ज जनक,सहिद बेपत्ता परिवार समाजका केन्द्रीय सदस्य धर्तीले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य दान बहादुरले गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।