२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

मकवानपुर र मोरङ लागू औषधसहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । मकवानपुर,मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१७ खुशिबुबाट १ किलो अवैध लागूऔषध चरेश सहित काठमाडौं सितापाईला बस्ने मकवानपुर घर भएका ३४ वर्षीय भिम बहादुर थिङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ३-०२-००१ प ८६०० नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थिङलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर मनहरी गाउँपालिका-९ खरंगास्थित घुम्ती पसलबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २३ वर्षीया ममिता घलानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सडकको पेटी छेउमा रहेको घुम्ती पसलमा गाँजाको पुरिया बनाई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा बोरामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै मोरङ बिराटनगर महानगरपालिका-४ कन्चनवारीबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित धनकुटा सहिद भूमि गाउँपालिका-७ बस्ने २४ वर्षीय सागर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सडकमा सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।