२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

(ABC-Sanchar)
काठमाडौं । टिकटक बनाउने क्रममा तनहुँमा सेती नदीमा खसेर युवती बेपत्ता भएकी छिन् । शुक्लागण्डकी नगरपालिका –८ पुलचोकस्थित रहेको सेती नदीको रक गार्डेनबाट खस्दा नवविवाहित युवती बेपत्ता भएकी छन् ।

टिकटक बनाउने क्रममा शुक्लागण्डकी–८ की १९ वर्षीया पवित्रा लम्साल खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार ३ जना साथीहरू सहित सेतीको किनारको रक गार्डेनमा फोटो र टिकटक बनाउन गएकी लम्साल नदीमाथिको पुलको बीचबाट खसेर बेपत्ता भएकी हुन् ।

केही दिन अघि मात्र विवाह भएकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरूसँग घुम्न सेती नदीमा रहेको रकगार्डेन पुगेकी थिइन् । लम्साल टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएपछि साथीहरूले अभिभावक र प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजे घट्नाबारे जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक खड्काले बताए ।
स्थानीय ,आफन्त र प्रहरीले लम्सालको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]