२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

तुल्सीपुरमा १४ बर्षयी बालिकामाथि सामुहिक बलात्कार १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०१, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुर १३ स्थित शितलपुरमा रहेको एक होटेलमा बालिका माथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ बर्षकी बालिका माथि सामुहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकालई दुई जनाले प्रलोभनमा पारेर होटेलमा लगेर सामुहिक बलात्कार गरेको डिएसपी अर्यालले बताए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ बर्षीय विष्णु सुनारलाई पक्राउ गरेको छ । उनलाई शान्तिनगर गाउँपालिका–५ रगैचाबाट दिउँसो प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अर्का युवक भने फरार रहेका छन् । बालिकाको अत्याधिक रक्तश्राव भएपछि घटना बाहिर आएको हो । बालिकालाई पानी पुरी खाने भन्दै मोटरसाईकलमा हालेर लगिएको अनुसन्धानबाट खुलेको छ फरार रहेको युवकलाई पनि तत्काल खोजतलास गरेर पक्राउ गर्ने डिएसपी अर्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।