२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीमा क कसले पाए प्रबल जनसेवाश्री पदक

Logo
प्रकाशित आइतबार, आश्विन ०३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाएका छन्।सरकारले सुप्रबल जनसेवाश्रीबाट प्रहरी नायब महानिरीक्षकहरू (डीआईजी) घनश्याम अर्याल, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, प्रकाशजंग कार्की, मीनराज पाठक, रामकृष्ण राजभण्डारीलाई प्रदान गरेको छ।

सुप्रबल जनसेवाश्री पदक पाउने एसएसपीहरूमा श्यामलाल ज्ञवाली, नरोत्तमलाल प्रधान, जनक भट्टराई, सुदीप गिरी, राजेशनाथ बास्तोला, बसन्तबहादुर कुँवर, उमेशराज जोशी, केदार ढकाल, मोहनकुमार आचार्य, पूजा सिंह, नरबहादुर केसी, दामोदर पौडेल, गणेशकुमार ठाकुर, रुपक महर्जन रहेका छन्।कीर्तिमय राष्ट्रदीपबाट प्रहरी उपरीक्षक रमेश थापा र प्रकाश रानाभाटलाई सम्मान गरिएको छ।प्रवल जनसेवाश्रीबाट एसपीहरू उमाप्रसाद चतुर्वेदी, बेलबहादुर पाण्डे, गोपलचन्द्र भट्टराई, शिवकुमार श्रेष्ठ, रविन्द्र रेग्मी, प्रकाश मल्ल, अच्युतबिक्रम हमाल, विपिनकुमार श्रेष्ठ सम्मानित भएका छन्।

डीएसपीहरू काजीकुमार आचार्य, नरेशराज सुवेदी, रामबाबु राना, सुधिरराज शाही, गोविन्द पुरी, हरिहरनाथ योगी, वीरेन्द्र गोदार, रविन्द्रनाथ पौडेल, चक्रराज जोशी, सञ्जीवबाबु खड्का, शिवराज बुढाथोकी, सन्तोष निरौला, अनिलकुमार घिमिरे, भेषराज रिजाल पनि सुप्रबल जनसेवाश्रीबाट विभुषित भएका छन्।निरीक्षकहरू उपेन्द्र खरेल, आयुषप्रसाद जोशी, अनिशकुमार कर्ण, भीषणबाबु राई, एलिजा गिरी, राजेन्द्रप्रसाद उपाध्याय, श्रीविन्दु शर्माले पनि सुप्रबल जनसेवाश्री पदक पाएका छन्।जनसेवाश्रीबाट प्रहरी नायब निरीक्षक शरण शाह, धर्मराज शाही, दिलिपसिंह अधिकारी, कृष्ण खड्का सम्मानित भएका छन्।प्रहरी सहायक निरीक्षक तपेन्द्रबहादुर विष्ट, रोशनप्रसाद राजवंशी, प्रमिला श्रेष्ठ, प्रहरी हवल्दार लेखबहादुर गुरुङ, सुमित्रा शाही, माधवबहादुर बस्नेत तथा प्रहरी जवान अमरराज मिश्र पनि सुप्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन्।

नेपाल प्रताप सुभूषणबाट प्रहरी उपरीक्षकहरू डिल्लीराज पन्त, भीम दाहाल, कृष्ण पंगेनी, हिमालय श्रेष्ठ तथा प्रहरी नायब उपरीक्षक शोभाकान्त खनाल, सुवास खड्का, रोशन खड्का, निरञ्जनदत्त भट्ट, डिल्लीनारायण पाण्डे, मुकुन्दप्रसाद रिजाल सम्मानित भएका छन्।

प्रहरी निरीक्षकहरू बमकुमार श्रेष्ठ, नवीनकुमार अधिकारी, थमनसिंह राना, शरण महर्जन, हिरेन्द्रबहादुर रोकाय, महेश केसी, कृष्णप्रसाद विष्ट, लक्ष्मी खनाल, उमाशंकरप्रसाद शाह, शंकर पोखरेल, राधा विष्ट क्षेत्री पनि नेपाल प्रताप सुभूषणबाट सम्मानित भएका छन्।

नेपाल प्रताप भूषण पाउनमा प्रहरी उपरीक्षक नरेशबहादुर मल्ल, प्रहरी नायब उपरीक्षक पंचकुमार बाखु, निरीक्षक अनिलकुमार अधिकारी, प्रहरी नायब निरीक्षक विष्णुमणि त्रिपाठी, भगवती अर्याल, रेवतकुमार पाखरेल, रविन शाह, रोशन अधिकारी, हिमालय भण्डारी, नरेश शाही, रमेश बजगाइँ, लक्ष्मणबहादुर ऐर, विशालविक्रम शाह, विशालप्रकाश पौडेल, हर्षबहादुर चन्द रहेका छन्।

नेपाल प्रताप भूषणबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर राना, श्यामसिंह चौधरी, विकास क्षेत्री, अजित ठाकुर, तिलक पुरी, सुजन पाण्डे, टंक कार्की पनि सम्मानित भएका छन्।

महापौरख भाष्करबाट प्रहरी हवल्दार विजयकुमार दास, केदारनाथ यादव, विष्णुबहादुर श्रेष्ठ, मानसिंह ठगुन्ना, राजेश गुरुङ, बाबुकृष्ण बखते, गम्भीरबहादुर चन्द, प्रहरी जवान सुनिता बिक, परीक्षित कार्की, मनोज दंगाल, बालकृष्ण मघैया, शान्ति चौधरी, विपिसा गुरुङ, महेन्द्रसिंह भण्डारी सम्मानित भएका छन्।

राष्ट्र सेवक पदक प्रथम श्रेणीबाट प्रहरी कार्यालय सहयोगी सूर्यकुमारी अधिकारी,सुकीर्तिमान पदकबाट प्रहरी सहायक निरीक्षक जुनि राई सम्मानित भएकी छिन् ।
वीरता पदकबाट प्रहरी नायब उपरीक्षकद्वय स्व.समरिचन्द्र खरेल, स्व.राजकुमार केसी सम्मानित भएका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।