२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

संविधान दिवसको अवसरमा महिला नेतृ वरिष्ठ सामाजिक अभियन्ता सोभा पाठक सम्मानित

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८


(सागर थापा)
काठमाडौं । संविधान दिवसको अवसरमा महिला नेतृ वरिष्ठ सामाजिक अभियन्ता सोभा पाठक सम्मानित भएकी छिन् । गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले आईतबार के.सी.लाई सम्मान गर्नु भएको हो ।

महिला नेतृ वरिष्ठ सामाजिक अभियन्ता पाठक साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई सामाजिक सेवाको कार्यमा समेत अग्रसर रहँदै आएकी छिन् । उनी विभिन्न सामाजिक सम्मानबाट सम्मानित भईसकेकी छिन् ।

राष्ट्रिय नागरिक विकास समाजले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति प्राप्त देशका विभिन्न जिल्लाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ, महिला उद्यमी वसुमाया तामाङ, जिवजन्तु संरक्षण अभियन्ता पारु गुरुङ, वरिष्ठ सामाजिक अभियन्ता तारा प्रसाद त्रिपाठी, समाजसेवी ओम शंकर श्रेष्ठ,राखिन्द्र कुमार थिङ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता, पूर्वगृहमन्त्री वामदेव गौतमको विशेष आतिथ्यता तथा संस्थाका अध्यक्ष महेश कुँवरको सभापतित्वमा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]