१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

बर्दिया प्रहरीले अपराधिक क्रियाकलाप रोक्न जनचेतना अभियान कार्यक्रम सुरु

Logo
प्रकाशित सोमबार, आश्विन ०४, २०७८

(महेन्द्र सिंह)
बर्दिया । खुल्ला सिमानामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले जनचेतनामुलक अभियान सुरु गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–९ स्थित वडा कार्यालयको प्राङगणमा र मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक उपभोक्ता समितिको भवनमा जनचेतनामुलक कार्यक्रम गरेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार कार्यक्रम गरिएको छ । खुल्ला सिमानामा हुने लागु औषध ओसार पसार, तस्करी र अपराधिक गतिविधि नियन्त्रण गर्न सिमा क्षेत्रका स्थानीय नागरिकको ठुलो भुमिका हुन्छ । सिमा क्षेत्रका नागरिकलाई सचेत गराए तस्करी जस्ता अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास प्रहरीले लिएको छ ।

सिमा क्षेत्र बस्तीका नागरिकलाई अपराधिक गतिविधिको बारेका प्रहरीले सचेत गराई अपराध नियन्त्रण गर्ने उदेश्यले प्रहरीले जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ । प्रहरीले चलाएको जनचेतना मुलक कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी र स्थानीय नागरिक गरी ८५ जनाले सहभागिता जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेल र सिमा प्रहरी चौकी मथुराका प्रहरी नायव निरीक्षक नरेन्द्र शाहीले गुलरिया नगरपालिका–९ मा र कोठियाघाट प्रहरी चौकीबाट प्रहरी निरीक्षक दिनेश चदाराले मधुवन नगरपालिका–२ मा जनचेतना कार्यक्रम गरेका छन् ।
फरक समाचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]