१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

दसैँमा घर जाँदा यात्रुले २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने यातायात महासंघ

Logo
प्रकाशित मंगलबार, आश्विन ०५, २०७८

काठमाडौं । दसैँ मनाउन घर जाने यात्रुले गत वर्षभन्दा यो वर्ष २८ प्रतिशत बढी भाडा तिर्नुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७८ साल असार २७ गते अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधन यातायात भाडादर बढाएको थियो ।

बढाएको भाडादर असार २९ गतेदेखि नै लागू भइसकेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र लकडाउनका कारण ग्यारेजमा लामो समयसम्म थन्क्याउनुपर्दा सवारीसाधनको पाटपुर्जामा समस्या आएको जनाउँदै सरकारले भाडा बढाएको थियो । अब, दसैँमा उपत्यकाबाट घर जाने यात्रुहरूले सोही भाडादरअनुसार रकम तिरेर घर जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

मन्त्रिपरिषद्को बैठकले भदौ २७ गते बढाएको २८ प्रतिशत भाडादर लागू भइसकेकाले दसैँमा सोही भाडादर लागू हुने सिटौलाको भनाइ छ । उनले सरकारले तोकेभन्दा बढी भाडा लिन नमिल्ने र महासंघले त्यस्तो काम नगर्ने बताए । भने, ‘हामी सरकारले तोकेको भाडादरमै दसैँमा यात्रु ओसार्छौँ । तोकिएभन्दा बढी भाडा लिन मिल्दैन ।’

सरकारले मालबाहक सवारी साधनको भाडादर पनि बढाएको थियो । पहाडमा यस्ता सवारीसाधनको भाडादर २० प्रतिशत र तराईमा २६ प्रतिशतले बढाइएको थियो । मालवाहक सवारीसाधनमा बढेको भाडादर भदौ २९ गतेबाटै लागू भइसकेको छ ।

यात्रुले उपत्यका छाडेर दसैँ मनाउन घर जाँदा चार प्रकारका सवारी अनुसार फरक–फरक भाडा तिनुपर्ने महासचिव सिटौलाले जानकारी दिए । ‘अहिले नेपालमा सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गरेर चार प्रकारका यात्रुवाहक सवारीसाधन छन्,’ उनले भने, ‘ती सवारीसाधनको स्तरअनुसार २०/२० प्रतिशत भाडा महँगिँदै जान्छ ।’
कतिले छाड्लान् उपत्यका ?

यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले यस वर्षको दसैँमा काठमाडौँ उपत्यकाबाट करिब १० लाख मानिस घर फर्किने अनुमान गरिएको बताए । उनका अनुसार गत वर्ष कोरोना महामारीका कारण उपत्यकाबाट जम्मा पाँच लाख मानिस बाहिरिएका थिए ।

सामान्यतया: अघिल्ला वर्षहरूमा उपत्यकाबाट दसैँको समयमा करिब २०÷२२ लाख मानिस घर फर्किन्थे । तर, गत वर्ष यो सङ्ख्या ह्वात्तै घटेर पाँच लाखमा झरेको भुसालले बताए । यद्यपि; यस वर्षको दसैँमा भने घर फर्किने मानिसहरूको सङ्ख्या १० लाख हाराहारी पुग्ने उनको भनाइ छ ।
भुसालले भने, ‘यो वर्ष धेरैले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । यस्तै, अघिल्लो वर्षको तुलनामा कोरोनाको महामारी पनि नियन्त्रित भएको छ ।’ सोही कारण, विभागले अघिल्लो वर्षको तुलनामा बढी मानिसहरूले यस वर्ष उपत्यका छाड्ने अनुमान विभागले गरेको हो । महासंघले पनि सोही अनुपातमा मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ ।

अवरुद्ध सडक खुलाउन दबाब

दसैँ सुरु हुन करिब दुई सातामात्रै बाँकी रहँदा बाढी पहिरोका कारण अहिले देशभरका दर्जनौं स्थानमा सडक अवरुद्ध छ । सडक विभागका अनुसार जेठयता देशभर २१९ स्थानमा सडक अवरुद्ध भएको छ । यी मध्ये अहिले ८४ स्थानको अवरोध पन्छाएर सवारीसाधन दुईतर्फी सञ्चालन हुनसक्ने बनाइएको छ । यस्तै, १२३ स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ भने १२ स्थानमा सडक पूर्ण अवरुद्ध छ ।बाढीपहिरोका कारण अवरुद्ध बनेका सबै सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने महासंघको माग छ । महासचिव सिटौलाले देशभरका सडकलाई तत्काल सवारी सञ्चालनयोग्य बनाउन माग गरे । उनले भत्किएका र खाल्डा परेका सडकलाई तत्काल मर्मत गर्न र खाल्डा पुर्न सरकारसँग माग गरेका हुन् ।सिटौलाले भने, ‘सरकारले अहिले हामीलाई अग्रिम टिकट खुलाउन दबाब दिइरहेको छ । तर, अवरुद्ध बनेका सडक निर्माणतर्फ सरकारको ध्यान छैन । अवरुद्ध बनेका सबै सडकलाई दसैँअघि सञ्चालनयोग्य बनाउने व्यवस्था सरकारले गर्नुप–यो ।’ यसैगरी, यात्रु घर जाने समयमा हुने जाम हटाउन समेत सरकारले अहिलेदेखि आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ ।

टिकट काटेका यात्रु सहज ढंगले समयमै घरसम्म पुग्ने व्यवस्था गर्न र यात्रुबाहक र मालबाहक सवारी सञ्चालनको समय तोक्न महासंघले माग गरेको छ । दसैँको समयमा मालबाहक सवारीलाई रातको समयमा मात्र सञ्चालन अनुमति दिनुपर्ने र यात्रुबाहक सवारीलाई दिउँसो निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ ।सबै प्रदेशले भाडा समायोजन गर्नुपर्नेसंघीय सरकारले भदौ २७ गते राष्ट्रिय राजमार्गमा चल्ने अन्तरप्रदेश सवारीको भाडादर समायोजन गरेको थियो । प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर समायोजन अधिकार सम्बन्धित प्रदेश सरकारलाई नै दिइएको छ । सोहीअनुसार प्रदेश १ ले प्रदेशभित्र भाडा समायोजन गरिसकेको छ । प्रदेशले यात्रुबाहक सवारीसाधनको भाडादर २२ प्रतिशतसम्म बढाएको छ । यसबाहेक अन्य प्रदेशले भाडादर समायोजन गरेका छैनन् । ती सबै प्रदेशहरूले दसैँअगावै भाडा समायोजन गर्नुपर्ने यातायात व्यवसायीहरू बताउँछन् । संघीय सरकारले राष्ट्रिय राजमार्गमा भाडादर तोकेपछि अन्य प्रदेशमा फरक–फरक भाडादर कायम हुँदा व्यवसायी र यात्रु झुक्किने भएकाले सबै प्रदेशले छिटो भाडादर समायोजन गर्नुपर्ने महासंघ बताउँछ ।अग्रिम टिकट बुकिङ कहिलेदेखि ?
यातायात व्यवस्था विभागले यही असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी भइरहेको जानकारी दिएको छ । विभागका अनुसार असोज ११ गतेसम्ममा अग्रिम टिकट बुकिङ खुलिसक्नेछ । यही विषयमा छलफल गर्न विभागले असोज ७ गते यातायात व्यवसायी र महानगरीय ट्राफिक प्रहरीसँग छलफल गर्दैछ ।
व्यवसायी र ट्राफिक प्रहरीसँगको छलफलपछि अग्रिम टिकट बुकिङ खुलाउने सूचना अधिकारी भुसालले जानकारी दिए । यही विषयमा छलफल गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघले समेत आन्तरिक छलफल गर्दैछ । आन्तरिक छलफल सकिएपछि विभागसँग समन्वय गरी अग्रिम टिकट बुकिङ खुलाउने महासंघले जानकारी दिएको छ । रातो पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!