२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सगरमाथा सिमेन्टले विद्युत् रकम एक अर्ब १३ करोड तिर्नुपर्ने न तिरे लाइन कात्ने : विद्युत प्रधीकरण

Logo
प्रकाशित बुधबार, आश्विन ०६, २०७८


(ABC-Sanchar)
दाङ । घोराही सगरमाथा सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख अमितकुमार कर्णले बताए ।

उद्योगका लागि लमहीबाट आएको डेडिकेटेड लाइनको बक्यौता रकम बाँकी रहेको उनको भनाई छ । उद्योगले डेडिकेटेड लाइन जडान गरेदेखि नै शुल्क तिरेको छैन । देशभरीकै उद्योगहरूमा यस्तो समस्या भएकाले लाइन काट्न केन्द्रको निर्देशन पर्खिरहेको उनको भनाइ छ ।

यस्तै घोराही सिमेन्ट उद्योगले भने अस्वभाविक रुपमा शुल्क तोकिएपछि तिर्न नसकेको जनाएको छ । आफैले लगानी गरेर विद्युतको डेडिकेटेड लाइन ल्याएको उद्योगका अमर सुवेदीले बताए । उद्योगले अहिले पनि मासिक ३–४ करोड रुपैयाँ नियमित विद्युत् शुल्क तिरिराखेको उनको भनाई छ । अदालतको निर्णय आएपछि बक्यौता रकमको निर्णय लिन सकिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]