२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्ज होटलमा मृत फेला परेकी युवतीको हत्या वा आत्महत्या छिट्टै बाहिर आउँछ : डिएसपी न्यौपाने

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

(सागर थापा)
बाँके । नेपालगन्जको पुष्पलाल चोकस्थित सिम्ताली दुल्लु भिजन होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी युवतीको घटनाको बारेमा गहन अनुसन्धान सुरु गरिसकेको र मृत फेला परेकी युवतीको हत्या वा आत्महत्या छिट्टै बाहिर आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले बताउनुभएको छ ।
उहाँका अनुसार पस्टमार्टमको रिपोर्ट आएपछि हत्या वा आत्महत्या हो भन्ने कुरा खुल्ने छ । बर्दिया जिल्ला बारबर्दिया नगरपालिकाकी १७ वर्षिया सोनी परियार सिम्ताली दुल्लु भिजन होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन ।
असोज ४ गते सोमबार साँझ युवतीको शव फेला परेको थियो भने सोही दिन बिहान दाइ-भाउजु भनेर होटलको ईन्ट्री बुकमा नाम रहेका २ जनाले होटल छोडेका थिए । ति दुबैसंग प्रहरीले अनुसन्धानको क्रममा सोधपुछ गरिरहेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले एबिसी संचारसंग कुरा गर्दै भन्नुभयो “घटनाको गम्भिर ढंगबाट अनुसन्धान भईरहेको छ,। होटलमा संगै बसेका र होटलको ईन्ट्रिमा नातामा दाइ-भाउजु लेखिएका दुई जनासंग सोधपुछ भइरहेको छ । ति युवतीको आत्महत्या वा हत्या भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ तर हामीले एउटा बिशेष टोली खटाएका छौँ । घटनाको बिभिन्न कोणबाट गहन अनुसन्धान भइरहेको छ । छिट्टै वास्तविकता बाहिर ल्याउन हामी प्रतिवद्द छौँ । सबै कुरा अनुसन्धान पछि थाहा हुन्छ । डिएसपी न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]