२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौँको विभिन्न स्थानमा ३ जना मृत फेला

Logo
प्रकाशित मंगलबार, आश्विन १२, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किसन गिरी भेटिएका छन् ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन् । पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उता ललितपुरको गोदावरी नगरपालिका–७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन् । उनको टाउको र घाटीमा धारिलो हतियारको चोट रहेको जनाइएको छ । तीनैवटा घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नियन्त्रित लागुऔषधसहित पक्राउ

यसैबीच काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ४५९ एम्पुल नाइट्रोभेटसहित सिन्धुली मरिण गाउँपालिका–७ बस्ने २१ वर्षीय युवराज लाखेलाई आज प्रहरीले पक्राउ गरेको छ । विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ९५५ नम्बरको बस जाँच गर्नै क्रममा प्रहरीले लागुऔषध फेला पारेपछि उनलाई पक्राउ गरेको हो । रातो पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।