१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

नेपालगन्ज यातायात कार्यालयबाट परिक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण सुरु

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८

(महेन्द्र सिंह)
बाँके । यातायात व्यवस्था कार्यालय भेरी नेपालगन्जबाट परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरिएकोे छ । मंगलवार एक कार्यक्रमबीच बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले परीक्षणकालीन चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेका हुन् । शुभारम्भ संगै सेवाग्राहीले क्यूआरकोड सहितको आकर्षक अस्थायी लाइसेन्स प्राप्त गरेका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमति पत्र वितरण शुरु भए सँगै एक वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त भएको यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख पूर्ण खत्रीले जानकारी दिए । स्मार्ट लाइसेन्सको अनुपलब्धताले आफुले भोगिरहेको अपजसलाई थोरै भएपनि यो सेवाले राहत दिने खत्रीले आशा गरे । उनले आफ्नो कार्यकालमा यातायात व्यवस्था कार्यालय भेरीलाई व्यवस्थि तगर्न गरिरहेको प्रयासबारे पनि जानकारी दिएका थिए ।

खासगरि, हालैमात्र चालक अनुमतिपत्र का लागि ट्रायल पास गरेकाहरु तथा सुविधा थप गरेकाहरुलाई परीक्षणकालीन चालक अनुमति पत्र दिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

इगलआइ आइटी सर्भिस र मालिका इनकर्पाेरेट प्रालिको प्राविधिक सहकार्यमा देशभर परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्थापन मिलाइएको हो । इगलआइका म्यानेजिङ्ग डाइरेक्टर बिबेक खड्काका अनुसार, नेपाल कै कम्पनीले बनाएको सफ्टवेयर सरकारले विश्वास गरेकाले डाटाहरु सुरक्षित हुने व्यवस्था मिलाइएको छ ।

‘योसँगै ट्राफिक प्रहरीसँग हुने मोवाइल एप्सले शंका लागेका चालकको लाइसेन्स स्क्यानिङ गर्दा म्याचिङ गर्नुपर्छ,’ खड्काले दैनिक नेपालगन्जसँग भने, ‘यो निकै सजिलो र सहुलियतपूर्ण प्रविधि हो ।’ उनले सेतीपछि भेरी र गण्डकीमा वितरण शुरु भइसकेको जानकारी दिंदै बुधवारबाट कर्णालीमा पनि वितरण शुभारम्भ हुने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!