१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बिरगंज भन्सारमा २ महिनामा ४० अर्ब राजस्व सङ्कलन

Logo
प्रकाशित बुधबार, आश्विन १३, २०७८


(रवि वर्णवाल)
बिरगंज । मुलुककै सबैभन्दा ठुलो भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो ।

कार्यालयका अनुसार चालु आवमा रु एक खर्ब ९८ करोड १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा हालसम्म वार्षिक लक्ष्यको २० दशमलव पाँच प्रतिशत लक्ष्य पूरा भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

चालु आवको गत साउन र भदौ गरी दुई महिनामा रु २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकामा करिब रु पाँच अर्ब बढी अर्थात् रु ३२ अर्ब ५३ करोड राजस्व सङ्कलन भएको देखिन्छ । यो लक्ष्यभन्दा करिब १८ प्रतिशतले बढी हो ।

गत आव २०७७/७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । त्यस बेला रु १७ अर्ब १९ करोड ९९ लाख ६१ हजार राजस्व लक्ष्य पाएकामा रु १६ अर्ब ४० करोड ७० लाख ८२ हजार राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

वीरगन्ज नाकाबाट डिजेल, पेट्रोल, सवारी साधन, एलपी ग्यास, सोयाबिन, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, मोबिल लुब्रिकेन्ट्स, तयारी कपडा, बस ट्रकका चेचिसलगायत सामानको आयात हुँदै आएको छ । सो नाकाबाट दैनिक करिब ८०० ट्रकमा सामान आयात हुने गरेको छ भने करिब १०० ट्रकमा सामग्री निर्यात हुने गरेको छ ।

बिचौलिया धपाउँदै प्रहरी

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले प्रहरी कार्यालयमा सम्बन्धित व्यक्तिको कामका लागि आवश्यक व्यक्तिबाहेक बिचौलियाका रूपमा आउनेलाई जोकसैलाई पनि कार्यालयबाट बाहिर धपाउने अभियान चलाउँदै आएका छन्।

सर्वसाधारण र प्रहरीबीचको सम्बन्धलाई थप सुमधुर पार्ने र सामान्य व्यक्तिसमेत आफ्नो आवश्यकताअनुसार कामको सिलसिलामा प्रहरी कार्यालयसम्म स्वयं पुग्न सकोस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक पाण्डेले बिचौलिया धपाउने अभियान चलाउँदै आएका हुन् ।

सम्बन्धित व्यक्ति सो कार्यमा आवश्यक अन्य व्यक्तिबाहेक कार्यालयमा आउने अन्य बिचौलियाका रूपमा सक्रिय जो कसैलाई पनि प्रहरी उपरीक्षक पाण्डेले सकभर कार्यालय प्रवेशमा समेत रोक लगाउँदै आएका छन् ।

सम्बन्धित व्यक्ति र सो काममा आवश्यक व्यक्तिबाहेक विभिन्न बहानामा पीडित पक्षसँग आफू प्रहरी कार्यालय पुगी काम गराइदिन्छु भन्ने खालाका बिचौलिया प्रवृत्तिका व्यक्तिलाई निरुत्साहित पार्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

‘विभिन्न कार्यको सिलसिलामा प्रहरी कार्यालय आउने सर्वसाधारणलाई सकभर प्रहरीले पारदर्शी रूपमा काम गर्छ चिनजान साथै दबाब तथा प्रभावका आधारमा हुँदैन, कानुनबमोजिम न्याय पाइन्छ भन्ने आम नागरिकलाई विश्वास दिलाउन सकभर बिचौलियालाई प्रोत्साहन दिएको छैन’, उनले भने ।

प्रहरी उपरीक्षक पाण्डेले आफू मात्र होइन जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका सबै प्रहरी युनिटमा सकभर जनताको काम बिचौलियाको भरमा नभई कानुनका आधारमा सामान्यभन्दा सामान्य व्यक्तिले सोझै प्रहरीको सेवा लिन सकुन् भन्ने उद्देश्यले निर्देशन दिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

error: Content is protected !!