
ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज १० बाट झन्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
लत्ताकपडा, विद्युतिय सामान, घन्टीलगायतको १ लाख ८३ हजार ८ सय रुपैयाँ
बराबरको सामान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।
पक्राउ गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको एसपी अधिकारीले बताए ।