२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले चार्डपर्वलाई मध्य नजर गर्दै नागरिक यात्रु सहायता कक्ष स्थापना

Logo
प्रकाशित बिहिबार, आश्विन १४, २०७८


(सागर थापा)
दाङ । चार्डपर्वलाई मध्य नजर गर्दै घोराहीमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
वडादशैँ, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवात जावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने र बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण र नागरिकहरुलाई आई पर्ने समस्याहरुको तत्काल सुनुवाई गर्ने उद्देश्यको साथ यात्रु सहायता कक्ष स्थापना गरिएको दाङ जिल्ला प्रहरीले जनाएको छ ।

बिहीबार देखि घोराही १४ नयाँ बसपार्कमा जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा सहायता कक्ष स्थापना गरिएको हो । बसपार्क टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी एसपी सुरेश काफ्लेको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, यातायात ब्यवसायी, सवारी चालक सहचालक, यात्रुहरु, स्थानिय नागरिक, प्रहरी लगायतको सहभागितामा नागरिक÷यात्रु सहायता कक्षको स्थापना गरिएको दाङ एसपी काफ्लेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।