ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी बाँकेले बहुविवाह मुद्दाकी फरार महिला प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेबाट बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला सुनाइएकी खजुरा ५ बाँकेकी २६ बर्षीया फरार प्रतिवादी बिना खटिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
जिल्ला अदालत बाँकेले २०७७/०७/२० गते बहुविवाह मुद्दामा कैद फैसला सुनाएयता फरार रहेर लुकिछिपी बस्दै आएकी खटिकलाई आज बाँकेबाट प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ ।