२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके जिल्ला ट्राफिक प्रमुख राजु भण्डारीको भब्य बिदाई कार्यक्रम

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीबाट शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुखको जिम्मेवारी १ बर्ष कार्यकाल सम्पन्न गरी तालुक प्रहरी प्रधान कार्यालयको आदेशानुसार तालुक प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल जान लाग्नु भएका प्रहरी निरीक्षक राजु भण्डारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो बिदाई कार्यक्रममा बाँके प्रहरी प्रबक्ता डिएसपी मधुसूदन न्यौपाने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्का जिल्ला प्रहरी बाँके मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक खिम बहादुर गामा लगाएतको सहभागिता रहेको थियो । बाँके जिल्ला ट्राफिक प्रमुख हुँदा भण्डारीले दुर्घटना न्यूनीकरण देखि स्कुल गाउँ नगर टोल बिकासमा समेत पुगेर ट्राफिक सचेतना सम्बन्धि अभियान चलाएका र करोडौंको राजस्व संकल समेत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।