२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चाडपर्वको बेलामा सुरक्षामा ध्यान दिन प्रहरी इन्चार्जलाई एसपी काफ्लेको निर्देशन

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले चाडपर्वमा हुन सक्ने सम्भावित घटना प्रति सजक रहन र व्यक्तिगत सुरक्षामा विषेश ध्यान दिन नागरिकहरुलाई अपिल गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक अपिल जारी गर्दै दशै, तिहार र छठ पर्वमा हुन सक्ने कुनै पनि अपराधिक घटना प्रति सचेत रहन र व्यक्तिगत सुरक्षामा बिषेश ध्यान दिन नागरिकहरुलाई अपिल गरेको हो ।

प्रहरीले जुनसुकै अबस्थामा अपरिचित व्यक्तिले दिएको कुनैपनि बस्तुहरु नखान, मादक पदार्थ सेवन गरेर गाडी नचलाउन, होहल्ला नगर्न, गाउँ टोलमा कुनै पनि घटना हुने देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

साथै गरगहन लगाएर एक्कै नहिड्न, प्रर्दशन नगर्न, जुवातास नखेल्न, प्रज्ज्वलनशिल कुनै पनि बस्तुहरु प्रयोग नगर्न, घरको झ्याल ढोका राम्रो सँग लगाएर बस्न, सहयोगको नाममा चन्द नदिन र नदिन समेत प्रहरीले सबैलाई अपिल गरेको छ ।

त्यसैगरी, आर्थिक कारोबार हुने स्थानहरुमा चोरी, लुटपाट हुन सक्ने भएकाले बिषेश ध्यान दिन र उपभोग्य बस्तुको बजारमा कृत्रिम अभाब, कालो बजारी एंव मिसावट नगर्न आग्रह गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जारी गरिएको अपिलमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]