२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा पाटेबाघको आतंक बाघले घेरा हालेपछि ज्यान बचाउन रुखमा निकुञ्ज बेखबर ?

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८


(ABC-Sanchar)
बाँके । जंगलमा गाइबस्तु चराउन पुगेका स्थानीयलाई पाटे बाघले घेरा हालेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरमा पाटेबाघले मान्छेलाई घेरेको छ । वन, जंगलमा पशु चौपाया चराउन गएका स्थानीयलाई बाघले घेरेका हुन् ।

बाघबाट घेरिएका स्थानीय आफ्नो ज्यान जोगाउन अहिले रुखमा चढेर बसेको स्थानीय वासिन्दा चन्दा लामाले नागरिक न्यूजलाई जानकारी दिईन् । उनले टेलिफोनमा भनिन, ‘बाघले मान्छेलाई घेरेर राखेका छन्, रुखमा चढेका उनिहरुको उद्धार गरिदिनु पर्यो ।’

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख उत्तम चौधरीले जंगलमा बाघ देखिएको जानकारी आएको र स्थानीयको उद्दारका लागि नेपाली सेना सहितको टोली त्यसतर्फ पठाईएको बताए । स्थानीयले चौपाया चराउन गएका ब्यक्तिलाई बाघले घेरेको जानकारी पाएपछि त्यसबारे बुझ्ने काम भइरहेको उनले बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले यस विषयमा बुझ्न निर्देशन दिईसकेको जानकारी दिएका छन् ।
अर्जुन ओलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]