२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

माग पुरा नभएको भन्दै यातायात व्यवसायीहरुले स्वघोषित रुपमा बढाए भाडा दर

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

(ABC-Sanchar)
काठमाडौं । आफूहरुको माग पूरा नभएको भन्दै यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका छन् ।

नेपाल सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरेपनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै आफूहरुले भाडा बढाएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले जानकारी दिए ।

व्यवसायीहरुले सवारी साधनको नयाँ भाडादर तोकेपछि ट्राफिक प्रहरीले केही सार्वजनिक सवारी साधानलाई नियन्त्रणमा लिएको छ । व्यवसायीहरुले भने नयाँ लागू हुन नदिए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

महासचिव नेपालले यातायात भाडा नबढेकाले लागतका आधारमा भाडा बढाएको भन्दै भाडा बढाएकै आधारमा कारवाही भए कडा आन्दोलन गर्ने बताए । महासंघका पदाधिकारीहरु स्वघोषित रुपमा बढाइएको भाडा कार्यान्वयन गराउन चोक–चोकमा समेत परिचालन भएका थिए ।
ट्राफिक महाशाखाले भने स्वघोषित रुपमा भाडा बढाउदा यात्रुहरु मर्कामा परेको भन्दै केही सवारीलाई नियन्त्रणमा लिएको जनाएको छ । न्युज24नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]