
ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले दशैंमा घर बिदा नलिन र बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन दिएको छ ।
प्रधान कार्यालयको निर्देशन सँगै प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरू र मातहतका कर्मचारीले विदा नपाउने भएका छन् ।पर्व बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर जारी गरिएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार काजकिरिया बिदाबाहेक अन्य कसैले पनि बिदा पाउने छैनन् । प्रधान कार्यालयद्वारा जारी सर्कुलरमा भनिएको छ– ‘अत्यावश्यक बाहेक कसैलाई पनि पर्व बिदा नदिनु । नेपाल पुलिसबाट