२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चाडपर्वमा सुरक्षा प्रमुखहरुलाई घर बिदा बस्‍न गृह मन्त्रालयलको : रोक

Logo
प्रकाशित सोमबार, आश्विन १८, २०७८

(ABC-Sanchar)
काठमाडौं । गृह मन्त्रालयले चाडपर्वको बेला बिदा नबस्न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ।

अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबिना चाडपर्वमा बिदा नबस्न गृहले ७७ वटै जिल्लाका सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुलाई परिपत्र गरेको हो। गृह मन्त्रालयको यो निर्देशनसँगै अब प्रजिअसहित सुरक्षा प्रमुखहरुले दसैँतिहार जस्ता चाडपर्वमा जिल्ला छोडेर बाहिर जान नपाउने भएका छन्।

यसैगरी चाडपर्वको समयमा कुनै समस्या परे सर्वसाधारणलाई २४ सै घन्टा ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि गृहले प्रजिअहरुलाई निर्देशन दिएको छ। त्यसैगरी जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना बनाएर लागू गर्न पनि निर्देशन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]