२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जमा ४९ केजी खान नमिल्ने माछा विक्री गरेको फेला

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा खान अयोग्य माछा बिक्री गरिएको पाइएको छ। बुधबार अनुगमन टोलीले अनुगमनका क्रमममा सो कुरा भेटाएको हो। विभिन्न पसलमा अनुगमन गर्दा ४९ केेेेजी खान अयोग्य माछा बरामद गरिएको बताइएको छ।
बरामद गरिएका खाना नमिल्ने माछालाई अनुगमन टोलीले नष्ट गरेको छ। साथै त्यस्ता खान अयोग्य माछा बिक्री गर्ने पसलेलाई अनुगमन टोलीले चेतावनी समेत दिएको छ। पसलहरुले बिना दर्ता माछा मासु पसल सञ्चालन गरेको पाइएकोले पनि तत्काल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्दशन दिइएको अनुगमन टोलीले जानकारी दिएको छ ।
अनुमति नलिएर संचालन गरेका ३ वटा पसललाई दर्ता गरेर मात्र खोल्न भनिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]