१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बाँके जिल्लाको पुरानो नेता बने उद्योग मन्त्री गजेन्द्र हमाल

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८


(महेन्द्र सिंह)
बाँके । प्रधानमन्त्री शेरबहादुर देउबाले शुक्रबार विस्तार गरेको मन्त्रीमण्डलमा बाँके कांग्रेसका नेता गजेन्द्र हमाल पनि परेका छन । बाँके जिल्ला कांग्रेसका पुराना नेता हुन् । उनी संविधानतः ६ महिना मन्त्री बन्न पाउनेछन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन ।

को हुन् गजेन्द्र हमाल ?

नेपालगन्ज निवासी हमाल २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा नेविसंघको बाँके जिल्ला अध्यक्ष थिए । २०३९ र २०४४ मा वडा अध्यक्ष बनेका हमाल २०५३ सालमा नेपाली कांग्रेस बाँकेका सभापति बनेका थिए । पार्टी विभाजन हुँदा उनले शेरबहादुर देउवालाई साथ दिएका थिए । त्यसपछि उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको बाँके जिल्ला सभापति भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हमाल बाँके क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । तर, उनी पराजित भए । उनी लुम्बिनी प्रदेश सांसद सुरेन्द्र हमालका दाई हुन् । हमाल पनि लुम्बिनी प्रदेशमा बन मन्त्री पाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

error: Content is protected !!