१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

६६ औं प्रहरी दिवसको अबसरमा दाङका एसपी सुरेश काफ्लेसहित दर्जनौ सम्मानित

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८


ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राकृतिक स्रोत साधन दोहन तथा चोरी तस्करीमा रोकथाम उत्कृष्ट कार्य गरेको भन्दै कदर पत्रसहित सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत रही सादा पोशकमा खटिएर सूचना संकलनमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रहरी सहायक निरिक्षक युवराज गौतम र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी निरिक्षक थम्मन जिसीलाई प्रदेश प्रहरीले आ–आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

त्यसै गरी जिल्ला प्रहरी कार्यालय दाङले उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी अधिकारीसहित ७ जनालाई सम्मान गरेको छ ।
रेकर्डमा रहने गरि नगदसहित पुरुस्कृत हुनेहरुमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी निरिक्षक हिर्देश सापकोटा, वडा प्रहरी कार्यालयमा कार्यरत सइ बिष्णबहादुर केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत सइ कबिराम सेन्चुरी, अस्थायी प्रहरी चौकी रिहारमा कार्यरत असइ शोभा गिरी, अस्थायी ट्राफिक पोष्ट गोठीखोलामा कार्यरत असइ तिर्थ भुसाल, प्रहरी चौकी गोग्लीमा कार्यरत प्रहरी जवान बिनोद माझी, वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान अनु भण्डारी सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयलले ६६
औं प्रहरी दिवसको अवसरमा तुलसीपुरस्थित संघीय प्रहरी इकाइ कार्यालयमा गरेको कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधिश रितेन्द्र थापाले प्रहरीको प्रमुख दायित्व समाजको शान्ति सुरक्षा भएको बताए । प्रहरी अठोटका साथ निष्पक्ष भएर लागेमा समाजमा शान्ति कायम हुने उनले बताए । कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निष्पक्षताका साथ बिचलित नभएर शान्ति सुरक्षामा खटिन आग्रह गरे ।

संघीय प्रदेश इकाई प्रहरी कार्यालयका एसपी राजेन्द्र खड्काको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अतिथिहरुलाई धन्यबाद मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

error: Content is protected !!