१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

बेलायत सरकारले नेपाल लगाएत ५४ वटा देशलाई दियो ‘ग्रीन सिग्नल’

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

काठमाडौं । कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’मा रहेको नेपाल अन्ततः मुक्त भएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । तर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी भने अझै रेडलिष्टमा नै सूचीकृत छन् ।

रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत आउँदा ११ रातको होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन । रेडलिष्टको सूचीमा रहेका मुलुकबाट बेलायत आउँदा बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका व्यक्तिले आफ्नै खर्चमा ११ रात तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात् नेपाली रुपैयाँ तीन लाख ७४ हजार जति हुन आउँछ ।

आउँदो सोमबारबाट नेपालबाट बेलायत आउनेले अनिवार्य होटल क्वारेन्टाइनबाट मुक्ति पाउनेछन् । हिन्दूहरुको महान चाड दशैको पहिली दिन घटस्थापनाका दिन भएको बेलायत सरकारको निर्णयलाई नेपालीहरुले स्वागत गरेका छन् । तर, दसैँ आउन एक हप्ता भन्दा पनि कम समय रहेको हुँदा महँगो हवाई टिकटको मारमा पर्नुपर्ने यात्रुहरुको पीडा आफ्नै ठाउँमा छ । सामान्य अवस्थामा पनि दसैँको बेला हवाई टिकट महँगो हुने परम्परा रहेपनि छोटो समयमा भएको यो निर्णयले महँगो भाडा तिरेर पनि नेपाल जान कठिन हुने देखिन्छ ।

कोरोना महामारी र लकडाउनका कारण गतवर्ष पनि नेपाल जान नपाएका बेलायतवासी नेपालीलाई दसैँको मुखमा गरिएको यो निर्णयले ठूलो राहत मिलेको छ । नेपाललाई रेड्लिष्टबाट हटाउनको लागि नेपाली दूतावासलगायत बेलायतका विभिन्न संघसंस्थाहरूले आवाज उठाउँदै आएका थिए ।

समाजसेवी एवम् सफल युवा व्यवसायी रविजंग लामिछानेले गत हप्ता भएको एउटा ‘हाइ प्रोफाइल डिनर’ मा बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदसंग नेपाललाई रेड लिष्ट हटाउन आग्रह गरेका थिए । दक्षिण एसियामा नेपाललाई मात्र रेड लिष्टमा राखिनु न्यायोचित नभएको भन्दै लामिछानेले यसलाई गम्भीर रुपमा लिइदिन पनि स्वास्थ्यमन्त्री समक्ष आग्रह गरेका थिए । प्रत्युत्तरमा मन्त्री जाविदले यसमा आफूहरु नजिकबाट काम गरिरहेको र यसबारे पुनर्विचार गरिने आश्वासन दिएका थिए ।

कोरोना संक्रमणका आधारमा बेलायतले विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको थियो । तर, यहि अक्टुबर ४ तारिखबाट भने ग्रीन र एम्बरलाई हटाएर रेड मात्र कायम गरेको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

error: Content is protected !!