१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

काठमाडौं बाफलबाट ठुलो संख्यामा ३६ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । महानगरपालिका-१३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८६ हजार ६५ रुपैयाँ, ३३ थान कौडा, ७ बुक तास, २८ थान मोबाईल र १ थान चेक बुक सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी लमजुङ मध्यनेपाल नगरपालिका-२ सोतीपसल बस्ने धनवीर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय सूर्यलाल पौडेल लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोतीपसल र ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय ८० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने २७ वर्षीया दिप्ती गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार ६ सय ४५ रुपैयाँ र २ सय ११ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

error: Content is protected !!