२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कपिलवस्तुमा झाडाबान्ता रोग फैलियो ४ सय बिरामी १० को अवस्था गम्भीर

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

(ABC-Sanchar)
कपिलवस्तु । कृष्णनगर नगरपालिकामा फैलिएको रोग झाडाबान्ताका कारण चौतर्फी त्रास सिर्जना भएको छ।
सोमबारदेखि फैलिएको यस रोगबाट अहिलेसम्म त्यहाँ करिब ४०० जना विरामी परेका छन्।

लुम्बिनी प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालयको विशेषज्ञसहितको टोलीले अहिले महामारीको स्थलगत अध्ययन गरेर स्याम्पलहरु टेस्टको लागि प्रयोगशालामा पठाएको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले विहिबार विहान ८ बजेसम्म गराएको अपडेट अनुसार हाल शिवराज अस्पतालमा मात्र हाल ११० जना उपचाररत छन्।

जसमध्ये २० जना समान्य, ८० मध्यम र १० जना जटिल प्रकृतिका विरामी रहेका छन्।

स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेका अनुसार २२८ जना डिस्चार्ज हुँदा जटिल ३२ विरामीलाई अन्त रिफर गरिएको छ। हाल सम्म २ जनाको मृत्यु भएको छ।

अझै बिभिन्न वडामा फैलन क्रम रहेकोले सचेतता अपनाउन उनको आग्रह छ।

२१ औँ शताब्दीमा कपिलवस्तु कुन स्थितिमा छ भन्ने कुरा झाडापखालाबाट प्रष्टिएको भन्दै निर्वाचित जनप्रतिनिधिलाई उनले ध्यानाकर्षण गराए।
नगर प्रमुख रजत प्रताप शाहले महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट प्रयास गरिरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]