१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

इप्रका तुलसीपुरले नागरिक सहायता कक्ष स्थापना ठाँउ ठाँउमा प्रहरी गस्ती

Logo
प्रकाशित शनिबार, आश्विन २३, २०७८

ABC (क्राईमबिट)
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले नजिकिदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएको छ ।

कार्यालयले चाडपर्वलाई मध्येनजर गरेर तुलसीपुरको बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चार्डपर्वको समयमा यात्रुहरुको चाप अत्यधिक हुने भएका कारण सहज र सुरक्षित यात्राका लागि सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा व्यवस्था मिलाइएको हो ।

चाडपर्वको समयमा अपराधिक गतिविधिहरु अत्याधिक मात्रामा बढने भन्दै उनले बढी आर्थिक कारोवार हुने पसलहरुमा सादा पोसाकमा प्रहरीहरु परिचालन गरिने बताए ।

शनिवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डिएसपी अर्यालले चाडपर्वका बिचमा हुने मेला महोत्सवहरुको पनि सुरक्षा व्यवस्था मिलाइएको बताए ।

त्यस्तै उनले चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्ने र दुर्घटना हुनसक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रूपमा मापसे चेकजाँच गरी कडाइ गरिने तुल्सीपुरका डिएसपी अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ को आन्दोलनको विस्तृत छानबिन गरे तापनि,२४ गतेको घटनामा केही विषयहरू विस्तृत रूपमा समेट्न सकेको देखिएन। यसको मुख्य कारण घटनास्थलको प्रमाण संकलनमा भएको कमजोरी, आन्दोलनकारी र सुरक्षाकर्मीको बयानमा रहेको भिन्नता, र छोटो समयमा व्यापक घटनाको अनुसन्धान गर्नुपर्ने बाध्यता (भदौ २३ को विस्तृत निष्कर्ष, २४ बारे […]

error: Content is protected !!