२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

तनहुँमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

Logo
प्रकाशित मंगलबार, आश्विन २६, २०७८

(ABC-Sanchar)
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।

लामो समयसम्म चितुवाको आक्रमण रोकिएको तनहुँमा फेरि चितुवाको आक्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]