१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

बैतडीमा भगवतीको मेलामा ३४६ राँगाको बलि दिइयो

Logo
प्रकाशित बुधबार, आश्विन २७, २०७८

(ABC-Sanchar)
बैतडी । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा लागेको छ। हिजो महासप्तमीका दिन शुरु भएको जात्रा आज महाष्टमीमा रांगा बोकाको बलि सहित सम्पन्न भएको छ। आज लागेको जात्रामा करिव साढे ३ सय रांगाको बलिदिइएको छ। २ सय ४६ रांगा समितिमा दर्ता गरिएको र १ सय बढी रांगा थप आएको हुनसक्ने जात्रा ब्यवस्थापन समितिले जनाएको छ।

गतबर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोनाको प्रकोप कम भएकाले धुमधाम संग लागेको छ। यस जात्रामा बैतडी सहित छिमेकी जिल्लाहरु र भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]