२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

यस पालिको दशैंमा कपडादेखि जुत्ताचप्पलको मूल्य बढेको छ

Logo
प्रकाशित बिहिबार, आश्विन २८, २०७८


(ABC-Sanchar)
काठमाडौं । यो वर्षको बडादशैंमा लत्ताकपडाको मूल्य बढेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारमा नै लत्ताकपडाको उत्पादन लागत बढेको र आयात गर्दाको ढुवानी भाडासमेत बढेकाले हरेक किसिमका लत्ताकपडाको मूल्य बढेको व्यापारीहरुले बताएका छन् ।

कोरोना महामारी शुरु भएयता आयातकर्ता व्यापारीहरुले ढुवानी भाडा चार गुणासम्म बढी मूल्य तिरेका छन् । उत्तरीनाका पुर्णरुपमा सञ्चालन हुन नसक्दा सडक मार्ग हुँदै आउनु पर्ने लत्ताकपडा समुद्रिमार्ग हुँदै भारतको बाटोबाट आयात गर्नु परेको छ । यसले गर्दा ढुवानी भाडा महंगो हुन गइ मूल्य बढेको हो । फेन्सी, थान कपडादेखि जुत्ता चप्पल सबैको मूल्य बढेको व्यापारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार, यो वर्ष लत्ताकपडामा २० प्रतिशतभन्दा धेरै मूल्यवृद्धि भएको छ। काठमाडौंको असनस्थित फेन्सी कपडाका थोक व्यापारी राजेश घिमिरेले यसअघि १ हजार ५०० रुपैयाँसम्म पर्ने जुनसुकै फेन्सी आइटमको मूल्य अहिले २ हजार रुपैयाँसम्म पुगेको बताए । हरेक आइटमका लुगा कपडामा ५०० देखि ६०० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]