२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरीलाई घूस दिन खोज्ने स्कुटी चालक १ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन २८, २०७८

ABC (क्राईमबिट)
सुनसरी । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।हेलमेटविनै हिँडिरहेकालाई पक्राउ गर्दा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिन खोजेको आरोपमा बेलका नगरपालिका ५ का प्रेमकुमार राईलाई पक्राउ गरेको हो। प्रदेश १–०२–०४२ प ८४२४ नम्बरको स्कुटी पनि नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी ट्राफिक प्रहरी पोष्ट रामपुर बेलकाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभन देखाएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए।
स्कुटीमा तीनजना सवार साथै हेलमेटसमेन नलगाई हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]