२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्षाले लुम्बिनी प्रदेशमा ४ अर्बभन्दा बढीको क्षति

Logo
प्रकाशित बिहिबार, कार्तिक ०४, २०७८

काठमाडौँ । बाढीले कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण आउन थालेको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाढीका कारण मात्र कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ ।

लुम्बिनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरमा लगाइएको बालीमा बाढीले क्षति पुर्‍याएको छ । कृषि मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा ठुलो क्षति भएको छ भने अर्घाखाँचीमा कृषिमा कुनै क्षति भएको छैन ।

लुम्बिनी प्रदेशमा तीन लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये सबभन्दा बढी रुपन्देहीमा धान रोपाइँ भएको थियो । त्यहाँ ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

त्यसमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफलमा धान काटेर भित्र्याइ सकिएको छ । पाल्पा, अर्घाखाँची र रोल्पाका किसानले धान भित्र्याउन सकेका छैनन् ।

किसानले ३६ हजार ४८० हेक्टर क्षेत्रफलमा धान काटेर खेतमै छाडेका छन् । त्यसमध्ये ६५ प्रतिशत अर्थात् २३ हजार ७१२ हेक्टर क्षेत्रफलको धानमा क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ । ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा रहेको धान खेतमै ढलेको छ । त्यसमध्ये २० प्रतिशतमा क्षति पुगेको छ ।

त्यसै गरी २०७८ साल असोज ३१ देखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा धान बालीमा अत्यधिक क्षति पुर्‍याएको छ ।

कृषि मन्त्रालयका अनुसार कैलाली जिल्लामा करिब ५४ प्रतिशत र कञ्चनपुर जिल्लामा करिब ४२ प्रतिशत धान बालीमा क्षति पुर्‍याएको छ । कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कैलाली र कञ्चनपुर धान खेतीको पकेट क्षेत्र हो ।

प्रारम्भिक विवरण हेर्दा सुदूरपश्चिम प्रदेशमा धान बालीमा पुगेको क्षतिका कारण उत्पादनमा ५० प्रतिशतले कमी आउने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]