२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके जिल्ला ट्राफिक प्रमुखमा ऐन बहादुर मल्लले सम्हाले कार्यभार

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख तथा प्रहरी निरीक्षण ऐन बहादुर मल्लले बाँके जिल्लाको अव्यवस्थित अटो रिक्साको व्यवस्थापन गरिने बताएका छन् ।

अव्यवस्थित पार्किङ्गका कारण सरवारी दुर्घटनाको उच्च जोखिम रहेकाले बाँके जिल्ला भित्रका अटोरिक्साको उचित व्यवस्थापनका लागि काम गर्ने प्रमुख लक्ष्य रहेको बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख भई भखरै आएका मल्लले कोहलपुरमा सम्पन्न ट्राफिक व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै अटो रिक्सालाई नियम र कानून भित्र ल्याउनका लागि स्थानियत निकायले सहयोग गर्न आग्रह गर्दैै बाँके जिल्लामा अस्थव्यस्त रहेको अटो रिक्सालाई व्यवस्थित गर्ने लक्ष्यका साथ काम गर्ने बताएका छन् ।

साथै उनले ट्राफिक सचेतनाका लागि सामुदाय र विद्यार्थीहरुसँग ट्राफिक प्रहरी भेटघाट अभियान संचालन गर्ने, ट्राफिक प्रहरी कार्यालय बाँकेमा स्रोत थपगर्ने, पार्किङ्गको समस्याको दिर्घकालिन समाधान गर्नका लागि विशेष अभियान संचालन गर्ने, सवारी दुर्घटना यूनिकरणका लागि सबै सँग सहकार्य गर्ने बताएका छन् ।
यसका साथै बाँके जिल्लाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउनका लागि सबैले सहयोग गरिनदिन आग्रह समेत गरेका छन् । बाँके जिल्ला सवारी दुर्घटनाको उच्च जोखिममा रहेकोले दुर्घटनालाई कम गर्नका लागि विशेष अभियान संचालन गर्न आवश्यक रहेकोमा जोड दिँदै ट्राफिक प्रहरीको सेवालाई जनमैत्री बताउने प्रतिवद्धता समेत जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]