१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

अनुमति बिना बैठकमा भित्र पसेको ऋषि धमलालाई भोक्रेठ्याक लगाएर निकालियो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला जबरजस्ती घुसेपछि प्राइम टाइम्स टेलिभिजनका मालिक एवम् सञ्चारकर्मी ऋषि धमलालाई धक्का दिएर बाहिर निकालिएको छ ।

मंगलबार काठमाडौंको रामशाह पथस्थित नेपाल बारको मुख्यालयमा केन्द्रीय कार्यसमिति र सल्लाहकारहरूको बैठक चलिरहेका बेला धमला जबरजस्ती रुपमा अनुमति नै नलिएर क्यामरासहित घुसेका थिए । बैठकभित्र धमलाले पत्रकारको सामान्य आचार संहिता समेत उल्लंघन गरेर कुराकानी गर्न थालेपछि बारका अध्यक्ष चण्डीप्रसाद श्रेष्ठले धमलालाई धकेलेर बाहिर निकालेका थिए ।

बैठक चलिरहेका बेला भित्रको दृष्य खिच्नुपर्दा पत्रकार एवम् क्यामरा खिच्ने व्यक्तिले पूर्वस्वीकृति लिनुपर्छ । तर, धमलाले एकै पटक बैठकको लाइभ गरेको भन्दै छिरेका थिए ।

बारका अध्यक्ष श्रेष्ठले भोक्रेठ्याक लगाएर प्राइम टिभिका मालिक एवम् सञ्चारकर्मी धमलालाई बाहिर निकालेका थिए ।

यसैबीच, बार एसोसिएनसनका सल्लाहकारहरूको बैठकले प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरा सर्वोच्चबाट नहटेसम्म बार (कानून व्यवसायी)ले इजलासमा बहस गर्न नहुने बताएका छन् ।
थापाले जबराले राजीनामा नदिएसम्म कानून व्यवसायीले बहस गर्न नहुने सुझाव दिएका हुन् ।

न्याय क्षेत्रमा गम्भीर विचलन देखिएको र यस्तो अवस्थामा बारले हेरेर मात्रै बस्न नहुने थापाको भनाइ छ ।

बारका पूर्वमहासचिव वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने नै सबैको निष्कर्ष रहेको बताएका छन् ।

पूर्वउपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले बैठकमा सहभागी ९९ प्रतिशत सल्लाहकारले वर्तमान प्रधानन्यायाधीशले न्यायीक नेतृत्व दिन असफल भएको निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

सल्लाहकार समितिको बैठकमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, सतिश खरेल, तुलसी भट्ट, मुक्ति प्रधान, विजयकान्त मैनाली, रमन श्रेष्ठ, कृष्ण भण्डारी, शम्भु थापा, अधिवक्ता टीकाराम भट्टराई लगायतले बैठकमा प्रधानन्यायाधीशले अहिलेको समस्या समाधानका लागि राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

यसैबीच, प्रधानन्यायाधीश जबराले राजीनामा नदिने जनाएका छन् । उनले आफूविरुद्ध हुने सबै हर्कतको सामना गर्ने चेतावनी दिएका छन् । रिपब्लिका दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन भएको छ । आफूलाई पक्रन प्रहरी खटाइएको जानकारी पाएपछि बस्नेत भूमिगत भएको बताइन्छ । यता,सुरक्षा खतरा बढेपछि च्यासलस्थित एमाले पार्टी कार्यालयमा भ्रातृ संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भेला भएका छन् ।

error: Content is protected !!