०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

अनुमति बिना बैठकमा भित्र पसेको ऋषि धमलालाई भोक्रेठ्याक लगाएर निकालियो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला जबरजस्ती घुसेपछि प्राइम टाइम्स टेलिभिजनका मालिक एवम् सञ्चारकर्मी ऋषि धमलालाई धक्का दिएर बाहिर निकालिएको छ ।

मंगलबार काठमाडौंको रामशाह पथस्थित नेपाल बारको मुख्यालयमा केन्द्रीय कार्यसमिति र सल्लाहकारहरूको बैठक चलिरहेका बेला धमला जबरजस्ती रुपमा अनुमति नै नलिएर क्यामरासहित घुसेका थिए । बैठकभित्र धमलाले पत्रकारको सामान्य आचार संहिता समेत उल्लंघन गरेर कुराकानी गर्न थालेपछि बारका अध्यक्ष चण्डीप्रसाद श्रेष्ठले धमलालाई धकेलेर बाहिर निकालेका थिए ।

बैठक चलिरहेका बेला भित्रको दृष्य खिच्नुपर्दा पत्रकार एवम् क्यामरा खिच्ने व्यक्तिले पूर्वस्वीकृति लिनुपर्छ । तर, धमलाले एकै पटक बैठकको लाइभ गरेको भन्दै छिरेका थिए ।

बारका अध्यक्ष श्रेष्ठले भोक्रेठ्याक लगाएर प्राइम टिभिका मालिक एवम् सञ्चारकर्मी धमलालाई बाहिर निकालेका थिए ।

यसैबीच, बार एसोसिएनसनका सल्लाहकारहरूको बैठकले प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरा सर्वोच्चबाट नहटेसम्म बार (कानून व्यवसायी)ले इजलासमा बहस गर्न नहुने बताएका छन् ।
थापाले जबराले राजीनामा नदिएसम्म कानून व्यवसायीले बहस गर्न नहुने सुझाव दिएका हुन् ।

न्याय क्षेत्रमा गम्भीर विचलन देखिएको र यस्तो अवस्थामा बारले हेरेर मात्रै बस्न नहुने थापाको भनाइ छ ।

बारका पूर्वमहासचिव वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने नै सबैको निष्कर्ष रहेको बताएका छन् ।

पूर्वउपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले बैठकमा सहभागी ९९ प्रतिशत सल्लाहकारले वर्तमान प्रधानन्यायाधीशले न्यायीक नेतृत्व दिन असफल भएको निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

सल्लाहकार समितिको बैठकमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, सतिश खरेल, तुलसी भट्ट, मुक्ति प्रधान, विजयकान्त मैनाली, रमन श्रेष्ठ, कृष्ण भण्डारी, शम्भु थापा, अधिवक्ता टीकाराम भट्टराई लगायतले बैठकमा प्रधानन्यायाधीशले अहिलेको समस्या समाधानका लागि राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

यसैबीच, प्रधानन्यायाधीश जबराले राजीनामा नदिने जनाएका छन् । उनले आफूविरुद्ध हुने सबै हर्कतको सामना गर्ने चेतावनी दिएका छन् । रिपब्लिका दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]