०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

बाँकेमा अझै नियन्त्रणमा आएनन पाटेबाघ राजमार्ग क्षेत्रमा त्रास कायमै

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८


(महेन्द्र सिंह)
बाँके । पूर्वपश्चिम राजमार्गमा रहेको गाभर क्षेत्रमा एक महिनाअघि मान्छे खाएर सोही क्षेत्रमा रहेका बाघ अझै नियन्त्रणमा नआउँदा सोवरिपरिका गाउँबस्तीमा त्रास कायमै रहेको छ । सोही त्रास र डरका कारणले गाभर लगायतका क्षेत्रका बासिन्दा घरबाट निस्कनसमेत डराइरहेका छन् भने उनीहरूले दसैँ पनि घरमै कैद भएर मनाएको दुःखेसो सुनाएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि अझै नियन्त्रणमा लिन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चारवटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्र्यापिङ’का क्रममा कैद भएका थिए ।

अहिले ती बाघ राष्ट्रिय निकुञ्जको गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको पाइएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ नियन्त्रणमा नआउँदा गत एक महिनादेखि चौपायालाई घरभित्रै थुनेर राख्नुका साथै आफूहरू पनि घरबाहिर एकदमै कम निस्किएको गाभरका दिलबहादुर ओलीले बताए ।
उनले सो क्षेत्रमा चारवटा वयस्क पाटेबाघ देखिएपछि सर्वसाधारणमा ठूलो त्रास उत्पन्न भएकाले कोही पनि घरबाट निस्कन नचाहेको बताए । अर्का बासिन्दा नरेश थापाले बाघ आतङ्कका कारण चाडपर्व पनि घरमै लुकेर मनाएको सुनाउँदै निकुञ्जले नियन्त्रणमा लिन नसक्ने हो भने बाहिरबाट मानिस बोलाउनुपर्ने माग गरे ।
बाँके निकुञ्जका रेन्जर राजन पण्डितले निरन्तर प्रयास भइरहे पनि बाघ नियन्त्रणमा लिन समस्या भइरहेको बताए । ‘बाघ नियन्त्रण गर्न राखेको पाडो नै बाघले खाइदिएको छ । बाघमाथि निगरानी बढाइए पनि नियन्त्रणमा लिन सकिएको छैन,’ उनले भने । बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको र सेनाको गस्ती पनि निरन्तर भइरहेको उनले जनाए ।

निकुञ्जका अनुसार बाघ नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिक खटिएका छन् । ठाउँठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारीले बाघको निगरानी गरिरहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्व–पश्चिम राजमार्गमा राति साना सवारीसाधनलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको बताए ।

निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ । गत महिना पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । सो घटनापछि उक्त क्षेत्रमा बाघको आतङ्कले आवागमन गर्नेदेखि त्यहाँ बसोवास गर्ने सबैलाई त्रसित बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]

  (ABC-Sanchar) वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो । उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ ।