०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

दाङको तुलसीपुरमा किसानका अचानक ३० वटा खशी बाख्रा मरे

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

(ABC-Sanchar)
दाङ । तुलसीपुर १३ फुलबारीमा किसानले पालेका करिव ३० वटा खशीबाख्रा मरेका छन् । त्यहाँका छ जना किसानले पालेका ३० वटा खशीबाख्रा मरेको स्थानिय किसान गोविन्द सुवेदीले जानकारी दिनुभयो।
उहाका अनुसार हिरामती चौधरीका चार वटा खशी र सात वटा बाख्रा गरी ११ वटा, लाल बहादुर चौधरीका दुई वटा बाख्रा, शान्ता चौधरीका छ वटा बाख्रा, बलविर चौधरीका ४ वटा बाख्रा,मनोज चौधरीका चार वटा बाख्रा र पुर्ण बहादुर चौधरीका दुई वटा बाख्रा मरेका हुन् ।

केहि साता देखी खशीबाख्रामा पखला हुने गरेको थियो । झन्डै पन्ध्र दिनको अवधीमा उक्त संख्यामा खशीबाख्रा मरेका हुन् । अझै पनि सात÷आठ वटा खशीबाख्रा विरामी परेको पशु सेवा शाखा तुलसीपुरका प्रमुख सुवास आचार्यले जानकारी दिनुभयो ।
खशीबाख्रा मरेको भन्ने खबरपाएपछि आफुहरु त्यही पुगेर जानकारी लिएको बताउदै किसानहरुले समयमै पशु उपचारमा ध्यान नदिदा यति धेरै क्षति भएको समेत बताउनुभयो ।
बर्षातको समयमा बाख्रालाई खानपानको कमजोरी,चरण गर्ने स्थान भिजेका कारण पखला र ज्वरो आउने जस्ता लक्षण देखीएको उहाले बताउनुभयो । साथैे पिडित किसानहरुलाई भेटेर बाँकी विरामी भएका बाख्राहरुलाई औषधी र परामर्श समेत दिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]