२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र टिकटमा मनोमानी बिक्री हुँदै

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

(ABC-Sanchar)
काठमाडौं । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले राससलाई बताए । बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो गर्न थालेको उनले जानकारी दिए । कोल्टीबाट अहिले समिट र तारा एयरलाइन्सले जहाज उडान गर्दै आएका भए पनि यात्रुको चाप बढी भएकाले उनीहरुले टिकट पाउन सकेका छैनन् ।

कर्णाली राजमार्ग र मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि कोल्टीमा ६०० भन्दा बढी यात्रु एक सातादेखि टिकटको पर्खाइमा रहेको हुम्लाका खुमबहादुर रावतले बताए । समिट र तारा एयरलाइन्सले दैनिक एउटा÷एउटा उडान गर्ने भए पनि यात्रुको चाप निकै बढेको छ । यात्रुको भीड व्यवस्थापन गर्न विमानस्थललाई निकै समस्या परेको छ । एक सातायता हवाई सेवा नियमितसमेत पनि हुन नसकेको कोल्टी विमानस्थलले जनाएको छ ।

यात्रुले टिकट नपाउँदा बिरामी, असहाय अशक्तसमेत अलपत्र परेका छन् । कोल्टीमा यात्रुको चाप बढी भएको र उनीहरुलाई व्यवस्थापन गर्न सकस भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]