२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी बल जमुनाह बिओपीले १० क्विन्टल अवैध चिनी पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरीको जमुनाह बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक जोख बहादुर केसीको कमान्डमा गएको टोलीले भारतबाट ल्याउँदै गरिएको अवैध १० क्विन्टल चिनी बरामद गरेको हो । आज दिउँसो साढे २ बजे नायब निरीक्षक केसीको कमान्डमा गएको टोलीले नेपालगन्ज १७ ढोडेगाउँबाट भन्सार छली गरेर ल्याउँदै गरिएको १० क्विन्टल चिनी बरामद गरेको जमुनाह बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाले जानकारी दिएका छन् । सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान अन्तर्गत जमुनाह बिओपीले हरदिन धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ । बरामद गरिएको ६० हजार रुपैयाँ मुल्यको १० क्विन्टल चिनीलाई आजै नेप…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]