२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अफगानिस्तानका नागरिकलाई नेपाल छिर्न नदिन सीमामा कडाई

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८


(ABC-Sanchar)
काठमाडौं । अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ । सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ । तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

खुला नाकाका कारण आफगानीहरू बाँके हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशनबमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाइ सुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मीनबहादुर विष्टले बताए । उनले शङ्का लागेका मानिससँग सोधपुछ गरेर उनीहरूबारे निश्चित भएपछि मात्रै आवागमन गर्न दिइएको बताए । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बन्धमा कडा निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरूले भारत प्रवेश गर्नका लागि भारतीय आधारकार्डको प्रयोग गर्न सक्ने शङ्का रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले तर पनि वेशभूषा र बोलीचालीबाट उनीहरूको पहिचान गर्न सकिने जनाए । अफगानिस्तानमा तालिबानको कब्जापछि हजारौँले देश छाडेका छन् र सो क्रम अझै पनि जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइरहेका छन् । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।