०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

प्रहरी चेकपोष्ट अगाडिकै सूचना बोर्ड बिग्रियो महिनौँसम्म प्रहरी देखि स्थानिय सरकारसम्म मौन ?

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८


(ABC-Sanchar)
रोल्पा । जिल्लाकै एक ऐतिहासिक एबं पर्यटकि स्थल होलेरी बजारमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले बजारलाई स्मार्ट बनाउन विभिन्न योजना अगाडि बढाए अनुसार गत बर्ष विभिन्न ठाउँमा बिद्युतिय सूचना बोर्ड र सडक बत्ती जडान कार्य सम्पन्न गर्यो।जस अन्तर्गत ईलाका प्रहरी कार्यलय होलेरीको चेकपोष्ट अगाडि नागरिकलाई विभिन्न जानकारीमुलुक डिजिटल सूचना बोर्ड र रातको समयमा उज्यालो दिन सोलार सिस्टमको सडक बत्ति जडान गर्यो।तर सूचना बोर्ड र सडक बत्ति जडान गरेको महिना दिन नबित्दै पालैपालो बिग्रन थाले।शुरुशुरुमा बिग्रदा मर्मत गर्न स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले चासो देखाएपनि पछिल्लो समय यी दुईटै चिज बिग्रेको लामो समय हुँदा समेत दिनभर आफुहरुलाई हेरेर बस्ने सूचना बोर्ड र सडक बत्तिलाई प्रहरी देखि स्थानिय सरकारसम्मले नदेखे झै गरि मौन बसेका छन्।गाउँगाउँमा सर्वसाधारण जनताले भोगेर बसेका समस्या,बाध्यता र पीडाका सामु यी बिषय सामान्यनै होलान् तर स्थानिय सरकारको लगानी र आम सर्वसाधारणले पाउँनुपर्ने जानकारीमुलक सुचाना र रातमा काम विशेषले बजार हिड्दुल गर्ने स्थानिय र यात्रुका लागि प्रदान गरिएको उज्यालोको अधिकारबाट जिम्मेवार निकायलेनै बन्चित गर्नु बान्छनिय मानिदैन।एकातिर यश बिषयले स्थानिय सरकारले केही जडान गर्न दिएको ठेदार र उनिहरुको नियतिको बारेमा होलेरीका सर्वसाधारणप्रति आशंका गर्न मिल्ने ठाउँ प्रशस्त छोडेको छ।भने अर्कोतिर कुनै पनि काम गर्नुको पछाडि त्यस कामको उद्देश्यहरु राखिएको हुन्छ जुन पूरा हुन सकेको छैन।जडान गरिएको केही समयसम्म उक्त सूचना बोर्डमा ट्राफिक नियम पालना गरौँ जस्ता प्रहरीको महत्वपूर्ण जानकारी तथा निर्देशनहरु देख्न पाइन्थ्यो तर अहिले `न रह्यो बास न बज्यो बासुरी´भने जस्तै भएको छ।पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरी प्रमुखका रुपमा प्रहरी निरीक्षक जिबराज थापा कार्यरत छन् तर उनले पनि नागरिकलाई प्रहरीकै नियमबारे जानकारी दिएर आफुहरुलाई नियम कार्यान्वयनमा सहज बनाउने सूचना बोर्ड र आफ्नै चेकपोष्ट अगाडी दिउटीमा खटिने प्रहरीलाई रातभर उज्यालो दिने उपकरणहरु मर्मत गर्न पहल गरेको भए आजसम्म बनिसक्नु पर्ने हो भन्ने सर्वसाधारणको बुझाई रहेको छ।सूचना बोर्ड निर्माण गर्न आफुले पटकपटक गाउँपालिकामा अनुरोध गरेपनि मर्मत हुन नसकेको प्रहरी निरीक्षक जिबराज थापाले बताए।सूचना बोर्डमा खास्सै समस्या नभए पनि त्यसमा प्रयोग हुने विद्युतको महशुल कसले तिरिदिने भन्ने अन्योल रहेको निरीक्षकको भनाई रहेको छ।मर्मतका लागि आफुहरु लागि परिरहेको छिट्टै मर्मत भएर सञ्चालनमा आउँने रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले आश्वासन दिए।
रहरै रहरमा काम गर्ने स्थानिय सरकारले बाध्यतालाई स्विकार्न नसक्नुले पछिल्लो समय सर्वसाधारण जनताप्रती बिश्वास घटाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]