२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरी चेकपोष्ट अगाडिकै सूचना बोर्ड बिग्रियो महिनौँसम्म प्रहरी देखि स्थानिय सरकारसम्म मौन ?

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८


(ABC-Sanchar)
रोल्पा । जिल्लाकै एक ऐतिहासिक एबं पर्यटकि स्थल होलेरी बजारमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले बजारलाई स्मार्ट बनाउन विभिन्न योजना अगाडि बढाए अनुसार गत बर्ष विभिन्न ठाउँमा बिद्युतिय सूचना बोर्ड र सडक बत्ती जडान कार्य सम्पन्न गर्यो।जस अन्तर्गत ईलाका प्रहरी कार्यलय होलेरीको चेकपोष्ट अगाडि नागरिकलाई विभिन्न जानकारीमुलुक डिजिटल सूचना बोर्ड र रातको समयमा उज्यालो दिन सोलार सिस्टमको सडक बत्ति जडान गर्यो।तर सूचना बोर्ड र सडक बत्ति जडान गरेको महिना दिन नबित्दै पालैपालो बिग्रन थाले।शुरुशुरुमा बिग्रदा मर्मत गर्न स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले चासो देखाएपनि पछिल्लो समय यी दुईटै चिज बिग्रेको लामो समय हुँदा समेत दिनभर आफुहरुलाई हेरेर बस्ने सूचना बोर्ड र सडक बत्तिलाई प्रहरी देखि स्थानिय सरकारसम्मले नदेखे झै गरि मौन बसेका छन्।गाउँगाउँमा सर्वसाधारण जनताले भोगेर बसेका समस्या,बाध्यता र पीडाका सामु यी बिषय सामान्यनै होलान् तर स्थानिय सरकारको लगानी र आम सर्वसाधारणले पाउँनुपर्ने जानकारीमुलक सुचाना र रातमा काम विशेषले बजार हिड्दुल गर्ने स्थानिय र यात्रुका लागि प्रदान गरिएको उज्यालोको अधिकारबाट जिम्मेवार निकायलेनै बन्चित गर्नु बान्छनिय मानिदैन।एकातिर यश बिषयले स्थानिय सरकारले केही जडान गर्न दिएको ठेदार र उनिहरुको नियतिको बारेमा होलेरीका सर्वसाधारणप्रति आशंका गर्न मिल्ने ठाउँ प्रशस्त छोडेको छ।भने अर्कोतिर कुनै पनि काम गर्नुको पछाडि त्यस कामको उद्देश्यहरु राखिएको हुन्छ जुन पूरा हुन सकेको छैन।जडान गरिएको केही समयसम्म उक्त सूचना बोर्डमा ट्राफिक नियम पालना गरौँ जस्ता प्रहरीको महत्वपूर्ण जानकारी तथा निर्देशनहरु देख्न पाइन्थ्यो तर अहिले `न रह्यो बास न बज्यो बासुरी´भने जस्तै भएको छ।पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरी प्रमुखका रुपमा प्रहरी निरीक्षक जिबराज थापा कार्यरत छन् तर उनले पनि नागरिकलाई प्रहरीकै नियमबारे जानकारी दिएर आफुहरुलाई नियम कार्यान्वयनमा सहज बनाउने सूचना बोर्ड र आफ्नै चेकपोष्ट अगाडी दिउटीमा खटिने प्रहरीलाई रातभर उज्यालो दिने उपकरणहरु मर्मत गर्न पहल गरेको भए आजसम्म बनिसक्नु पर्ने हो भन्ने सर्वसाधारणको बुझाई रहेको छ।सूचना बोर्ड निर्माण गर्न आफुले पटकपटक गाउँपालिकामा अनुरोध गरेपनि मर्मत हुन नसकेको प्रहरी निरीक्षक जिबराज थापाले बताए।सूचना बोर्डमा खास्सै समस्या नभए पनि त्यसमा प्रयोग हुने विद्युतको महशुल कसले तिरिदिने भन्ने अन्योल रहेको निरीक्षकको भनाई रहेको छ।मर्मतका लागि आफुहरु लागि परिरहेको छिट्टै मर्मत भएर सञ्चालनमा आउँने रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले आश्वासन दिए।
रहरै रहरमा काम गर्ने स्थानिय सरकारले बाध्यतालाई स्विकार्न नसक्नुले पछिल्लो समय सर्वसाधारण जनताप्रती बिश्वास घटाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।