२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जमुनाह सइ मीन बहादुर बिष्टको सेटिङ्ग कारण अवैध पटकाले नेपालगञ्जमा जोखिम बढ्यो

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८


(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज मीन बहादुर बिष्टका कारण बाँकेको खुला सीमानाकाका कारण भारतबाट भित्रिने असुरक्षित पटकाले नेपालगञ्जमा जोखिम बढेको छ । जमुनाह इन्चार्ज सइ मीन बहादुर बिष्टको सेटिङ्गमा भारतबाट पटकाजन्य बस्तुहरु नेपालमा धमाधम भित्रिएको छ । रुपैडियाका एक ब्यापारी पवन गुप्ता र सोनु खानले बताए । पड्काउने वा बाल्ने क्रममा निस्कने रसायनले ध्वनि तथा वायु प्रदूषणलगायत पर्यावरणीय समस्यासँगै जनस्वास्थ्यमा पनि दूरगामी असर पर्ने विज्ञ बताउँछन् ।

उनीहरूका अनुसार ज्येष्ठ नागरिक एवं दीर्घरोगीको स्वास्थ्यका लागि बढी घातक हुन्छ । तिहार आउन लागेको संकेत दिँदै सीमावर्ती नेपालगञ्ज लगायत बजार क्षेत्रमा पटका पड्काउन थालिएको छ ।

वातावरण एवं स्वास्थ्यमा प्रतिकूल असर पार्ने भारतका सस्तो एवं घरेलु ब्रान्डका पटका नेपाल आइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिनु भयो । यसपालि पनि तिहारअगावै पटका बरामद गरिएको खत्रीले बतानु भयो ।
प्रहरीका आँखा छलेर सीमावर्ती बजारबाट ल्याउने र पट्काउने कार्य भइरहेको भन्दै उहाँले त्यसमाथि प्रहरी प्रशासनको निगरानी भइरहेको बताउनु भएको हो ।

सामाजिक धार्मिक र सांस्कृतिक रूपले तिहारमा पटकाको कुनै स्थान वा महत्व नरहेको संस्कृतविद्हरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]