०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

जमुनाह सइ मीन बहादुर बिष्टको सेटिङ्ग कारण अवैध पटकाले नेपालगञ्जमा जोखिम बढ्यो

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८


(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज मीन बहादुर बिष्टका कारण बाँकेको खुला सीमानाकाका कारण भारतबाट भित्रिने असुरक्षित पटकाले नेपालगञ्जमा जोखिम बढेको छ । जमुनाह इन्चार्ज सइ मीन बहादुर बिष्टको सेटिङ्गमा भारतबाट पटकाजन्य बस्तुहरु नेपालमा धमाधम भित्रिएको छ । रुपैडियाका एक ब्यापारी पवन गुप्ता र सोनु खानले बताए । पड्काउने वा बाल्ने क्रममा निस्कने रसायनले ध्वनि तथा वायु प्रदूषणलगायत पर्यावरणीय समस्यासँगै जनस्वास्थ्यमा पनि दूरगामी असर पर्ने विज्ञ बताउँछन् ।

उनीहरूका अनुसार ज्येष्ठ नागरिक एवं दीर्घरोगीको स्वास्थ्यका लागि बढी घातक हुन्छ । तिहार आउन लागेको संकेत दिँदै सीमावर्ती नेपालगञ्ज लगायत बजार क्षेत्रमा पटका पड्काउन थालिएको छ ।

वातावरण एवं स्वास्थ्यमा प्रतिकूल असर पार्ने भारतका सस्तो एवं घरेलु ब्रान्डका पटका नेपाल आइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिनु भयो । यसपालि पनि तिहारअगावै पटका बरामद गरिएको खत्रीले बतानु भयो ।
प्रहरीका आँखा छलेर सीमावर्ती बजारबाट ल्याउने र पट्काउने कार्य भइरहेको भन्दै उहाँले त्यसमाथि प्रहरी प्रशासनको निगरानी भइरहेको बताउनु भएको हो ।

सामाजिक धार्मिक र सांस्कृतिक रूपले तिहारमा पटकाको कुनै स्थान वा महत्व नरहेको संस्कृतविद्हरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                           उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै […]

(ABC-Sanchar) काठमाडौं । अखिल भारतीय बिश्नोई समाजका अध्यक्ष देवेन्द्र बुडियाले कालो हरिण प्रकरणमा बलिउड अभिनेता सलमान खानले माफी मागेमा विष्णोई समाजले माफी दिनेबारे विचार गर्न सकिने बताएका छन् । केही दिनअघि सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले गोली प्रहारको घटनामा उनको समर्थन गरेकी थिइन् । उनले कालो हरिणको मुद्दामा सलमानले गल्ती गर्दा उनी समझदार भई […]

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ । उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो । जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको हो । जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो । सुरुमा सरकारी […]