२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको समानहरु ५१ लाख बराबरको सामान पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८

ABC (क्राईमबिट)
रुपन्देही । प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो ।

लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुई वटा जिपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार बरामद भएको सामानमा ६० हजार थान लिपगार्ड (ओठमा लगाउने कस्मेटिक) रहेको छ ।

यस्तै कुर्ता सुरुवाल सेट २ सय ३६ थान, चुन्नी ६ सय थान, बनारसी साडी ६७ थान रहेको डिएसपी थापाले बताए ।

यस्तै विभिन्न ब्रान्डका जुत्ता, टिसर्ट लगायतका सामान पनि बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।

पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करिब साढे ५१ लाख मूल्याङ्कन गरेको छ ।

बरामद सामानसँगै जिप चालक सैनामैना-२ का ४० वर्षीय तुलसी थारु र सोही ठाउँका ४० वर्षीय मीनप्रसाद भण्डारी पनि पक्राउ परेका छन् ।

बरामद भएको सामान र पक्राउ परेका चालकसहित दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]